पोखरा, ३० असार । पोखरामा जारी बृहत् सफाइ अभियानको १११ श्रृंखला शनिबार केदारेश्वर मन्दिर परिसर र कोमागाने पार्कमा सम्पन्न भएको छ । अविरल वर्षाका बाबजुद पनि सरसफाइमा सहभागीले सो अभियानमा ऐक्यबद्धता जनाएका थिए ।
‘हप्तामा एक घण्टा, राष्ट्रका लागि समाजसेवा’ भन्ने नाराका साथ संचालित अभियानको सो श्रृंखला प्रदेश सांसद राजीव पहारीले उपस्थिति सहभागीलाई सरसफाइसम्बन्धी शपथ ग्रहण गराउँदै उद्घाटन गरेका थिए । उनले अभियानले पोखरालाई अझ सुन्दर बनाउन मद्दत पुगेको र सर्वसाधारणमा सचेतना अभिवृद्धि गरेको बताए ।
यस हप्ताको अभियानलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, अभियान महिला समूह, माछापुच्छे महिला क्लब, मितेरी नारी समूह, खहरे आमा समूह, ड्यामसाइड टोल विकास संस्था, लायन्स क्लब अफ लेकसाइड, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), युनाइटेड यूथ पोखरा, पोखरा वडा ६ का विभिन्न आमा समूह, क्लब, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उल्लेख्य सहभागिता रहेको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।
कार्यक्रममा भिटोफ र लायन्स क्लब अफ लेकसाइडले सरसफाइ सामग्री उपलब्ध गराई सहयोग गरेका थिए भने मितेरुी नारी समूहले खानेपानी उपलब्ध गराएको थियो ।
कार्यक्रम संचालन सरसफाइ अभियन्ता नागरिक समाज संयोजक विष्णुहरि अधिकारीले गरेका थिए ।
साउन महिनामा बोलबम हुने भएपछि त्यसपूर्व सरसफाइ अभियान केदारेश्वर परिसरमा आएकोमा अभियन्ताप्रति मन्दिरका पीठाधीश डा लेखनाथ आचार्यले आभार प्रकट गरे । आगामी ११२ हप्ताको सरसफाइको श्रृंखला पोखरा पृथ्वीचोकमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९