पोखरा, ३० असार । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ शिवशक्तिमार्गमा नवनिर्मित जनपथ पिचबाटो शनिबारदेखि शुभारम्भ भएको छ।
बाटो उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले बाटो बनाउनु मात्र ठूलो काम नभई त्यसलाई संरक्षण र सरसफाइ गर्नु आवश्यक रहेको बताउँदै पुरानो रुख विस्थापित भएपनि नयाँ विरुवा रोपेर वातारण हरियाली बनाउन आग्रह गरे।
पोखरा लेखनाथ महानगरपालिकाको १९ लाख ४२ हजार एक सय ५३ रुपैया र स्थानीयको १० लाख ५७ हजार आठ सय ४७ गरी कुल ३० लाख रुपैयाँको लागतमा निर्माण भएको बाटोको लम्वाई चार सय ३९ मिटर छ।
त्यस्तै पोखरा लेखनाथ ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला र १२ का वडाध्यक्ष रामजी कार्कीले आम वडावासीको सेवाको लागि सानो ठूलो काम नभनी हातमा हात मिलाएर अघि बढ्नुपर्नेे धारणा राखे।
समितिका अध्यक्ष अम्वरबहादुर क्षेत्रीले सबैको सहयोगले पिचबाटो सम्पन्न भएकोमा धन्यवाद दिँदै उपस्थित सबैलाई आभार व्यक्त गरे।
कार्यक्रममा मगर संघका अध्यक्ष चन्द्रप्रकाश थापाले शुभकामना मन्तव्य व्यक्त गरे।
समितिका अध्यक्ष अम्वरबहादुर क्षेत्रीको अध्यक्षताका भएको कार्यक्रमका उपाध्यक्ष एकप्रसाद गुरुङले स्वागत, कोषाध्यक्ष द्रौपति श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत र सचिव चिन्तामणि खरेलले कार्यक्रम सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
चन्द्रावतीका ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक
तीज महत्वविषयक प्रशिक्षण
निस्सा वितरण
गाईजात्रा नाच प्रदर्शन
परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९