हेमजा, ३० असार। पोखरा-२५, हेमजामा गण्डकी अञ्चल आयुर्वेद औषधालयको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह-आयोजनामा शुक्रवार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ।
प्रमुख अतिथि वडाध्यक्ष शोभाकर तिम्सिनाले स्थानीय गंगा कार्कीलाई पूर्र्जी कार्यक्रम उद्घाटन गरेका थिए। शिविरमा २ सय ७० जना लाभान्वित भएका छन्।
वडाध्यक्ष तिम्सिनाले विश्व विद्यालयमा पनि आयुर्वेदसम्बन्धी शिक्षा दिनुपर्ने बताउँदै आयुर्वेदको अनुसन्धान गर्न जरुरी भएको औँल्याए।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका उप-कोषाध्यक्ष कृष्णप्रसाद पौडेल, स्नोभ्यू बोर्र्डिङ स्कूलकी संस्थापक विष्णुमाया अधिकारी, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष निलकण्ठ पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्कीकी उपमन्त्री उर्मिला खड्काले लगायतले बोलेका थिए । शिविरमा डा ओमप्रकाश कलौनी, डा कमल पौडेल, डा रामकृष्ण भुजेल, डा सरोजराय यादव, डा अनिल थापा र सुसिला पुनले परीक्षण गरेका थिए।
गण्डकी अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा ओमप्रकाश कलौनीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत हेमजा उपशाखाका सभापति पूर्णलाल भण्डारीले र सञ्चालन उपशाखाका सचिव तिलक तिमिल्सिनाले गरेका थिए।
उक्त शिविर स्नो भ्यू बोर्र्डिङ स्कूलको व्यवस्थापनमा भएको हो।
Related News
सम्बन्धित समाचार
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
पोखरा १२ ले बनायो आफ्नै एप
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९