पोखरा, २७ असार । कास्की जिल्लालाई वुधवार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। बच्चा जन्मिएपछि १५ महिनाभित्र अनिवार्य रुपमा लगाउनुपर्ने ११ प्रकारका खोपका लक्ष्य प्राप्तिसँगै पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो। ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित जिल्ला खोप समन्वय समिति कास्की र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रदेशको राजधानी पोखरासँगै समग्र कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महानगर प्रमुख मानबहादुर जिसी र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्रीलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्दै कास्की पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका थिए।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेशप्रसाद चापागार्इंले जिल्लामा जन्मिएपछि १५ महिनाभित्रका कुल ८ हजार ६ सय ९८ जना बालबालिकाले पूर्णखोप लिएका हुँदा जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जानकारी दिए। उनका अनुसार पोखरा महानगरपालिकाअन्तर्गत ३३ वटै वडाका ७ हजार १ सय ३ जना र ४ गाउँपालिकाका १ हजार ५ सय ९५ जना बालबालिकाले खोप लिएका हुन्।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९