प्रदेशका ५ विधेयक प्रमाणिकरण

आदर्श समाज सम्वाददाता
असार २८, २०७५

पोखरा, २७ असार । गण्डकी प्रदेशसभाले पारित गरेका ५ वटा विधेयक प्रदेश प्रमुख बाबुराम कुँवरले बुधबार प्रमाणिकरण गरेका छन्।

उनले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’, ‘आर्थिक वर्ष २०७५/७६ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश आकस्िमक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ‘स्थानीय तहको कानून निर्माण प्रक्रियाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’र ‘खोप सेवा -सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका हुन्।

नेपालको संविधान धारा १९९ को उपधारा १ मा गण्डकी प्रदेशसभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने प्रावधान छ। पारित गरिएका दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम गण्डकी प्रदेशका कार्यबाहक सभामुख सृजना शर्माले प्रमाणित गरेकी थिइन्।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि विधेयक ऐन बन्छ। ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक’, असार ५ र ‘आर्थिक वर्ष २०७५/७६ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रदेशसभाले असार ६ गते पारित गरेको थियो।

यस्तै ‘प्रदेश आकस्िमक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ‘स्थानीय तहको कानून निर्माण प्रक्रियाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘खोप सेवा -सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई असार २४ गते प्रदेशसभाले पारित गरेको थियो।

कार्यबाहक सभामुख शर्माले प्रमाणित गरेका पाँच वटै विधेयकलाई प्रदेशसभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। प्रदेश प्रमुख कुँवरले पाउनेबित्तिकै बुधबार नै ५-५ प्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणिकरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width