वालिङ, २७ असार। स्याङ्जाको वालिङ ९, भकुण्डे ठाडोलाइनमा नवनिर्मित वालिङ हस्पिटल प्रालिले बुधबारबाट सेवा शुरु गरेको छ। वालिङ हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरी सेवा शुरुवात गरेको हो।
वालिङ हस्पिटल प्रालिको बुधबार वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले उद्घाटन गर्दै अस्पताल निक्कै संवेदनशील एवं अत्यवश्यक भएको र सावधानीका साथ सञ्चालन गर्न आग्रह गरे। उनले स्वास्थ्य सेवाग्राहीलाई छिटो छरितो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिई यस क्षेत्रका सर्वसाधारणलाई स्वास्थ बनाउन सक्रिय हुनुपर्नेमा जोड दिए।
वालिङका सयौं सर्वसाधारण स्वास्थ्य उपचारका लागि दिनहुँ पोखरा, पाल्पा लगायतका अन्य जिल्लामा जाने प्रवृत्ति छ, यसको अन्त्य गर्नका लागि हस्पिटलले गुणस्तरीय स्वास्थ्य सेवा दिई मन जित्न सुझाव दिंदै वालिङ नगरपालिकाले उचित सहयोग गर्ने धारणा ब्यक्त गरे।
उद्घाटन समारोहमा वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख भोजराज अर्याल, जिल्ला विकास समितिका पूर्व उपसभापति लक्ष्मीपति पौडेल, नेकपामा राजेन्द्र डुम्रे, नेपाली काँग्रेसका नगर सचिव भुपराज बगाले, राष्ट्रिय जनमोर्चाका राजेन्द्रप्रसाद गैह्रे, जिल्ला स्वास्थ्या कार्यालय स्याङ्जाका प्रमुख डा अमृत पोख्रेल, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, वालिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पुण्यप्रसाद अर्याल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, वालिङ वडा ९ का अध्यक्ष बसन्तकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
वालिङ तथा आसपासका ९३ जना सेयर सदस्यको लगानीमा सञ्चालन गरिएको उक्त हस्पिटलबाट वालिङ नगरपालिकासहित गल्याङ, चापाकोट, भीरकोट र दक्षिण पर्वतका केही गाउँपालिकाका सर्वसाधारणलाई स्वास्थ्य सेवा दिने लक्ष्य हस्पिटलले राखेको छ।
संस्थाका सदस्य सुरेशप्रसाद गैह्रेको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह वालिङ हस्पिटल प्रालिका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन सचिव खगेन्द्रप्रसाद अर्यालले गरेका थिए।
यसैबीच, निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा विभिन्न रोगका ६ सय जनाले सेवा लिएका थिए भने उनीहरुलाई निःशुल्क औषधीसमेत वितरण गरिएको थियो।
स्वास्थ्य परीक्षण शिविरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, स्याङ्जा जिल्ला अस्पताल, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र र वालिङ हस्पिटल प्रालिका ११ जना विभिन्न विषयका डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो।
हस्पिटलमा अब दैनिक एमडिजिपी डाक्टर १ जना, मेडिकल अफिसर २, नर्स, अनमीसहित ३५ जना कर्मचारीले २४ सै घण्टा स्वास्थ्य सेवा दिने बताइएको छ।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९