चितवन, २७ असार । नारायणगढ-मुग्लिन सडक खण्डको गाईघाट नजिक भाँसिएको ठाउँको बुधबार विज्ञ समूहले अनुगमन गरेको छ। भूगर्वविद् अच्यूत कोइरालाको नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको हो।
मंगलबारबाट भाँसिन शुरु गरेको उक्त सडक क्रमशः भाँसिने क्रम जारी रहेको छ। नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ गाईघाट नजिक मंगलबारबाट सडक भाँसिन शुरु भएकोमा बुधबार बिहानसम्म एक फिट सडक भाँसिएको नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए।
विज्ञ समूहले उक्त ठाउँमा भित्तो काटेर वा भाँसिएको ठाउँलाई मर्मत गरेर सडक सञ्चालन गर्नेबारे छलफल गरिरहेको छ। भूगर्वविद् कोइरालाले दुर्इ वटा विकल्पमा छलफल हुने बताए। उनले काठमाडौं पुगेर छलफल पछि मात्रै निष्कर्षमा पुग्न सकिने बताए। उनले भने “सम्भवतः भित्तो काटेर वैकल्पिक सडक निर्माणको विकल्प छैन।” कोइरालाका अनुसार ११ मिटर फराकिलो सडक मध्ये आठ मिटर भाँसिएको छ। थप आठ मिठर जति भित्तो काट्नु पर्ने देखिएको उनले बताए। कोइरालाले बिहीबार बिहानसम्म नियमित अनुगमन गर्न लगाएको बताउँदै थप भाँसिदै गएमा तत्काल भित्तो काटने र रोकिएमा भाँसिएको सडकलाई मर्मत सम्हार गर्न सकिने या नसकिने विषयमा छलफल गरिने बताए। उक्त ठाउँमा २०६० सालमा रक स्वायल एङकरिङ गरिएको थियो। सोही रक स्वायल एङ्करिङले काम गर्न छाडेर भाँसिएका हुन सक्ने अनुमान प्राविधिकहरुको छ।
काठमाडौं फर्किएपछि यस अघि सो ठाउँमा रक स्वायल एङकरिङ गरेका विज्ञ समूहसँग पनि छलफल गर्ने कोइरालाले बताए।सडकको ३० मिटर लम्बाइ र छेउबाट आठ मिटर चौडा भाग भाँसिएको हो। सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ। कालोपत्रेको नदीतर्फ थप दुर्इ मिटर खुल्ला भाग रहेको छ। बाँकी भागबाट एकतर्फी सवारी सञ्चालन गरिएको छ। बाँकी भाग पनि ठूला सवारीको दवावमा भाँसिन सक्ने चिन्ता बढेको छ।
उक्त ठाउँको भित्तामा प्रशस्त पानीका मुलहरु रहेको, तल त्रिशुली नदी रहेकाले तलबाट नदीले कटान गर्ने र माथि रहेका मुलको पानी भित्रीभागमा छिरेर सडक भाँसिएको हुन सक्ने अनुमान पनि गरिएको छ।
भाँसिएको ठाउँमा सडक विस्तारको काम सम्पन्न भएर कालोपत्रे गरिएको थियो। पहिरोको जोखिम रहेको नारायणगढ-मुग्लिन सडक खण्डमा सडक नै भाँसिएपछि यस वर्षको वषायाममा यात्रुहरुले पुनः हैरानी व्यहोर्नुपर्ने देखिएको छ।
Related News
सम्बन्धित समाचार
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
प्रधानसम्पादक बास्तोला सम्मानित
बगनासकालीको वार्षिक समीक्षा
करेन्ट लागेर ससुरा–बुहारीसहित ३ जनाको मृत्यु
चुनाव मिति आज तोकिने
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९