पोखरा, २७ असार। श्रीपति कोइराला गुठीद्वारा विविध कार्यक्रम गरी श्रीपति कोइरालाको २११ औं जन्म जयन्ती मनाइएको छ।
पोखरा-९, साँघुमुखस्थित गुठी परिसरमा निर्मित श्रीपतिको शालिक बुधबार अनावरण गरियो। गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले शालिक अनावरण गर्दै सन्ततिका लागि अग्रजले आफ्नो जीवनमा राम्रो कार्य गर्नुपर्ने बताए।
जीवनमा आमूल परिवर्तन ल्याउने मानिसमा अदृश्य शक्ति हुन्छ भन्दै नागरिकले आफ्नो कर्त्तब्यलाई मातृभूमिको सेवामा लगाउनुपर्ने औंल्याए।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएकोमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापालाई गुठीले सम्मान गर्यो।
त्यसैगरी, सामाजिक तथा उद्योग क्षेत्रमा योगदान पुर्याएकोमा लक्ष्मी हाउस पोखराका गणेशबहादुर श्रेष्ठलाई गुठीले दोसल्ला ओढाएर प्रशंसापत्रद्वारा सम्मान गर्यो।
त्यस्तै, गुठीले पोखरास्थित विभिन्न क्याम्पसमा सवोर्त्कृष्ट अंक ल्याउने विद्यार्थीलाई श्रीपति विद्यापदकसहित नगद र प्रशंसापत्र प्रदान गरेको छ।
कार्यक्रममा गण्डकी प्रदेशसभाका सांसद प्रभा कोइराला, बिन्दुकुमार थापा र दीपक कोइरालाको उपस्थिति थियो। गुठीका पूर्व उपाध्यक्ष रामजीप्रसाद कोइरालाले श्रीपति कोइरालाको जीवनीमाथि प्रकाश पारेको कार्यक्रममा सहसचिव नवराज कोइरालाले सम्मानित व्यक्ति डा थापा र औद्योगिक घराना श्रेष्ठको जीवनीमाथि प्रकाश पारेका थिए।
गुठीका अध्यक्ष मोहननाथ कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रमा कोइरालाले स्वागत र सचिव फणिन्द्रराज कोइरालाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरीमा तीजमेला हुने
फोनिज गण्डकीलाई फुटसल उपाधि
जातीय भेदभावविरुद्ध प्रशिक्षण
‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९