पोखरा, २७ असार । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालका पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ।
पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा सो टोली भारततर्फ प्रस्थान गरेको हो ।
भारतका पटना, बनारस, लखनउ लगायत विभिन्न क्षेत्रमा अहिले अत्यधिक गर्मी हुने भएकाले यो समय पोखरा घुम्नका लागि पर्यटकलाई उपयुक्त छ भन्ने सन्देश दिने उद्देश्यसहित टोली भारतर्फ प्रस्थान गरेको संघ अध्यक्ष विकाल तुलाचनले जानकारी दिए।
नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा आउने भारतीय पर्यटक हिमाली दृष्यावलोकनमा लोभिने गरेको उल्लेख गर्दै पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुग्ने गरेको बताए।
संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले गर्मीको समयमा मात्र नभएर बाह्रै महिना भारतीय पर्यटक आउन भन्ने सोचका साथ कार्यक्रमलाई निरन्तरता दिइएको बताए । पोखरामा आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशत भारतीय हुने गरेको उनले बताए ।
पाँचदिने सो भ्रमणमा टोलीले लखनउ, पटना, वनारस लगायत ठाउँमा पुगी त्यहाँका पर्यटन व्यवसायीसँग अन्तक्रिर्या गर्ने जनाइएको छ ।
भ्रमण टोलीलाई नेपाल पर्यटन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष हरि बास्तोलाले क्षेत्रीय होटल संघको कार्यालय डिहिकोपाटनमा बुधबार बिदाइ गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
बुद्ध विशाल बजार एसोसियसनको सभा
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९