k|wfgdGqL cf]nLaf6 ;Ddflgtx? sf7df8f}Fdf a’waf/ ;+:s[lt ko{6g tyf gful/s p88og dGqfno4f/f cfof]lht sfo{qmddf k|wfgdGqL s]kL zdf{ cf]nLaf6 ;Ddflgt JolQmTjx? . tl:a/ M k|bLk/fh jGt, /f;;
काठमाडौं, २७ असार। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई बुधबार अर्पण गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालको राष्ट्रिय प्रतिभा पुरस्कार ५ विधाका ५ स्रष्टालाई प्रदान गरे।
यसरी पुरस्कृत हुनेमा संस्कृति विधामा प्रा डा रञ्जना बज्राचार्य -काठमाडौँ), संगीत तथा नाटय विधामा प्रचण्ड मल्ल -काठमाडौँ), ललितकला विधामा ठाकुरप्रसाद मैनाली (काठमाडौँ) र भाषा तथा साहित्य विधामा प्रा डा केशवप्रसाद उपाध्याय छन् सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ। यसैगरी सोही वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कारबाट पाँच विधाका पाँच जना स्रष्टालाई प्रदान गरियो। पुरस्कृत हुनुहुनेमा कविता विधामा कञ्चन पुडासैनी (काठमाडौँ), निबन्ध विधामा तेजराज खतिवडा -झापा), बाल साहित्य विनय कसजु (पाल्पा), भाषा साहित्यमा महेश्वरराय जलेश्वर र आख्यान विधामा अभि सुवेदी (तेह्रथुम) छन्। सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ। यसैगरी मन्त्रालयले यस वर्षदेखि शुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटक विधामा नरेश शाक्य -सुनसरी) र प्रा डा मोहनहिमांशु थापा -काठमाडौँ)लाई अर्पण गरिएको छ। सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ। यसैगरी कार्यक्रममा भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दलित मुक्ति आन्दोलन क्षेत्रबाट पदमलाल विश्वकर्मा (इलाम), समाज सुधार अभियान क्षेत्रबाट दलवीर विश्वकर्मा (काठमाडौँ) र लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रबाट राजेन्द्रकुमार महर्जन (काठमाडौँ) लाई अर्पण गरिएको थियो। सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ।
कार्यक्रममा विभिन्न ४ विधाका प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न स्रष्टालाई सम्मानित गरिएको छ। यो पुरस्कार पाउनेमा संस्कृति विधातर्फ प्रदेश १ बाट प्राडा गोविन्दमान सिंह कार्की (भोजपुर), प्रदेश नं २ बाट डा पशुपतिनाथ झा (महोत्तरी), प्रदेश नं ३ बाट उद्धवप्रसाद भट्टराई (काभ्रेपलाञ्चोक), प्रदेश ४ बाट डा दीनबहादुर थापा (बाग्लुङ), प्रदेश ५ बाट प्रतिभा पुन – रुपन्देही), प्रदेश ६ बाट रमानन्द आचार्य (जुम्ला) र प्रदेश ७ बाट मणिराज जोशी (कैलाली) छन्।
यसैगरी संगीत तथा नाटय विधातर्फ प्रदेश १ बाट नारायण ओली (झापा), प्रदेश २ बाट प्रियका झा (धनुषा), प्रदेश ३ बाट सुनिता दुलाल (भक्तपुर), प्रदेश ४ बाट इतु जोजिजु (कास्की), प्रदेश ५ बाट सरस्वती चौधरी, प्रदेश ६ खर्कबहादुर बुढा र प्रदेश ७ बाट सुधादेवी चाड छन्।
त्यस्तै, ललितकलातर्फ प्रदेश १ बाट गोपालप्रसाद कलाप्रेमी (मोरङ), प्रदेश २ बाट सीतादेवी कर्ण (धनुषा), प्रदेश ३ बाट सौरगंगादर्शनधारी (काठमाडौँ), प्रदेश ४ बाट सुनील सिग्देल (कास्की), प्रदेश ५ बाट नरेन्द्रप्रसाद भण्डारी (गुल्मी) प्रदेश ६ बाट झिग्मे तामाङ (मुगु) र प्रदेश ७ बाट दीपक आउजी (कैलाली) रहेका छन्।यसैगरी भाषा तथा साहित्य विधातर्फ प्रदेश १ बाट प्रा डा भोलानाथ पोखरेल -सुनसरी), प्रदेश २ बाट विनिता ठाकुर (धनुषा), प्रदेश ३ बाट नरेन्द्रराज पौडेल (सिन्धुपाल्चोक), प्रदेश ४ बाट महेश्वर शर्मा (स्याङ्जा), प्रदेश ५ डा दुवीन्द ढकाल -गुल्मी), प्रदेश ६ बाट बलभद्र भारती (र्सुखेत) र प्रदेश ७ बाट चन्द्रदेव जोशी (दार्चुला) छन्। उक्त पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०