पोखरा, २७ असार । पोखरा जेसीजले आयोजना गर्ने मिस पोखरा-२०१८ को मुख्य प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने गरि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मिस पोखरा कार्यक्रमका मूल संयोजक देवराज शर्मा र हिमा अस एजुकेशन कन्सल्टेन्सिका प्रबन्ध निर्देशक समीर थापाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।मिस पोखरा कार्यक्रम युवा नारीको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने महत्वपूर्ण कार्यक्रम हो। जसबाट युवा नारीहरुले आफूभित्रको क्षमता प्रस्फुटन गराई समाजमा आफ्नो नेतृत्व स्थापित गर्न सक्दछन्।
व्युटी विथ व्रेनको स्लोगन सहित आयोजना गर्न लागिएको सो कार्यक्रमकी विजेताले यो वर्ष एक हप्ताको अष्ट्रेलिया भ्रमण गर्न पाउने छन्।
अष्टे्रलिया, काठमाडौं, पोखरा लगायत विभिन्न स्थानबाट शैक्षिक परामर्श दिँदै आएको हिमा अस एजुकेशन कल्सल्टेन्सीले एक हप्ता विजेतालाई आफ्नै खर्चमा भ्रमणमा लाने गरि समझदारी भएको हो। साथै मिस पोखरा विजेता मिस नेपालको अन्तिम प्रतिस्पर्धामा समेत स्वतः प्रवेश समेत पाउने व्यवस्था छ।
पोखरा जेसिजसँग महत्वपूर्ण कार्यक्रममा सहकार्य गर्ने अवसर प्रदान गरेकोमा हिमा अस एजुकेशनका प्रबन्ध निर्देशक थापाले आयोजकलाई धन्यवाद दिए ।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९