पोखरा, २७ असार। कैलाश विकास बैंकले सामाजिक उत्तरादायित्व अन्तर्गत पोखरा-२१, दम्सादीमा रहेको बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत अति विपन्न तथा गरिब विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकले विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई १ वर्षको लागि पुग्ने पठनपाठनका सामग्रीमा स्कूलव्याग, कपी, पेन्सिल, कटर, इलेजर, कलर पेन्सिल, तथा खाजा वितरण गरेको हो।
कार्यक्रममा विद्यालय संचालक समिति अध्यक्ष गंगा आचार्य, विद्यालयका प्रधानाध्यापक बोधराज आचार्य, कैलाश विकास बैकका प्रबन्धक बुद्धिराज बराल, सहायक प्रबन्धक अम्बिका शर्मा, विभिन्न शाखाका शाखा प्रबन्धकहरु, कर्मचारी तथा विद्यालयका अभिभावक, शिक्षक-शिक्षिका र विद्यार्थीको उपस्थिति रहेको थियो।
बैंक प्रबन्धक बरालले सामाजिक उत्तरादायित्वअन्तर्गत समय-समयमा यस्तै आवश्यकीय ठाउँ पुगी सहयोग गरेको जानकारी गराए। उनले हालसम्म बैंकका ५३ वटा शाखा र २५ वटा एटिएमबाट बैंकिङ सेवा पुर्याउँदै आएको पनि जानकारी दिए। बैंकले मोबाइल बैंकिङ, आस्वा, डिम्याट, सन्ध्याकालीन सेवा, ३६५ दिने सेवा लगायत अत्यधुनिक बैंकिङ सेवाबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको समेत उनल जनाए। कार्यक्रम संयोजक तथा यस बैंकका सहायक प्रबन्धक अम्बिका शर्माले शैंक्षिक सामग्री वितरणले विद्यार्थीको शैक्षिक विकासमा टेवा पुर्याउने विचार व्यक्त गरिन्।
कार्यक्रममा विद्यालय संचालकका समिति अध्यक्ष र प्रअले समेत आफ्नो मन्तब्य राख्ोका थिए। कार्यक्रम सञ्चालन बैंक कर्मचारी किसन गिरीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
बेगनासताल धार्मिक पर्यटन विकासमा ध्रुवनाथ
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
माघ १४, २०७९