काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सोमबार यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा गरिरहेको कामलाई ओझेलमा पार्न अनेकन प्रयास भएको बताए ।
“निर्वाचनमा वाम गठबन्धनलाई जनताले बहुमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टीभइसक्यो”-प्रधानमन्त्री ओलीले भने, “पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रममार्फत लागू गर्छ । यसमा आत्तिनु पर्दैन ।”
प्रधानमन्त्रीले बेमौसममा कराउनेहरू केही दिनमा आफैँ चुप लाग्नेसमेत स्पष्ट पार्नुभयो । उनले शान्ति प्रक्रियाका केही अवशेष पनि अब चाँडै नै टुंग्याइने धारणा राखे । प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयकलगायतका विषयमा सांसदलाई अडानका साथ कुरा राख्न आग्रह गरे ।
“हामीले नराम्रो केही गरेको छैन । दृढताका साथ कुरा राख्नु पर्छ”-प्रधानमन्त्री ओलीले भने, “अरु चाँही साउनको सिस्नु जस्तो फस्टाउने अनि हामी चाँही ओइलाउने हुन्छ ?” प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेपाली काँग्रेसतर्फ लक्षित गर्दै हरेक विषयमा संसद्मा बहस गर्न चुनौती दिए । “विधि, विधान, कानून संसद्ले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसद्मा थपडी ठोक्ने हो ?”- प्रधानमन्त्रीले भने ।
काठमाडौँमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यवहारिक नभएको प्रधानमन्त्रीको भनाइ थियो । “कुन विषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरौँ अनि आवश्यकताअनुसार कलेजलाई सम्बन्धन दिऔँ”-प्रधानमन्त्री ओलीले भने । संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसार नै भएको प्रधानमन्त्री ओलीको थियो । “सरकारले आफ्ना नीतिअनुसारका ऐन ल्याउँछ यसमा के अनौठो भयो र” प्रधामन्त्रीले थपे ।
नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिएर विदेश पठाउनुपर्ने, हजारौँ विगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पताललाई कलेज बनाउन रोक्न नमिल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
संस्कृत विश्वविद्यालयका उपकुलपति स्वीकृत नलिई विदेश जान लागेकाले उहाँलाई रोकिएको प्रधानमन्त्रीले स्पष्ट पारे । संस्कृत विश्वविद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको र तिनको निष्पक्ष छानबिन हुने बताउँदै उनले अहिलेको हल्लाले यो छानबिन रोकिँदैन भने ।
निर्वाचन आचारसंहिता लागू भएपछिका राजनीतिक नियुक्ति खारेज गरिएको र त्यो विधि बसाउनका लागि गरिएको प्रधानमन्त्रीको भनाइ थियो । “सार्वजनिक संस्थाहरूलाई राजनीतिक प्रदूषणबाट मुक्त गर्न त्यस्तो गरिएको हो”-उनले भने ।
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खनाल लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
मुग्लिन–पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव
यती एअर दुर्घटना: क्षतिपूर्ति हकदाबी गर्न आग्रह
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
जेठ २३, २०८०