पोखरा, २५ असार । कर्मचारी सञ्चयकोषले दिँदैआएको आवास कर्जाले सञ्चयकर्तालाई सहज भए पनि ब्याजदर महंगो भएको सेवाग्राहीको गुनासो छ । उनीहरुले ब्याजदर घटाउन माग गरेका छन् ।
कर्मचारी सञ्चयकोष पोखरा शाखाले आयोजना गरेको अन्तक्रिर्यामा उनीहरुले आवाज कर्जा सहुलियत नभई ऋणको रुपमा लगानी गरेको गुनासो गरे । सरकारी एवम् निजी क्षेत्रका सञ्चयकर्ताको सहभागिता रहेको कार्यक्रममा सञ्चयकोषले सेवा सुविधा बढाउँदै गएपनि समय अनुरुप सञ्चयकर्ता लक्षित कार्यक्रम ल्याउन नसकेको बताए ।
यसैबीच, विगतमा सञ्चयकोषले कर्मचारीलाई लक्षित गरेर आवास गृह बनाउँदै आएकोमा पछिल्लो सो योजना बन्द भएको छ । पुनः हाउजिङको विकास गर्ने योजनामा रहेको सञ्चयकोषले जनाएको छ । पोखरामा पनि १८ वर्ष अगाडि झण्डै १ सय १२ वटा घर निर्माण गरि सञ्चयकर्तालाई वितरण गरेको थियो ।
कास्कीका प्रमख जिल्ला अधिकारी तारानाथ अधिकारीले आवास कर्जा शहरी क्षेत्रमा मात्र केन्द्रित हुँदा शहरमा बसोबास थुप्रिएको बताए । उनले ग्रामिण र पोखरा बाहिरका ठाउँमा पनि आवास कर्जा दिने वातावरण तय गर्नुपर्ने सुझाव दिए । सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले सञ्चयकोषले सञ्चयकर्ताको विकास र दैनिकीमा सघाउ गर्दै आएको दावी गरे । गण्डकी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीले सञ्चयकर्ताको हितमा दुरदृष्टि राखेर समय अनुरुप कार्यालय व्यवस्थापन गर्न सुझाए । कार्यक्रममा सञ्चयकोषका नायव प्रमुख अधिकृत अर्जुनकुमार गौतम र जीवनकुमार कटुवालले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
दुर्इ सय ४६ अर्ब पुँजी रहेको सञ्चयकोषमा १८ प्रतिशत निजी क्षेत्रमा काम गर्ने सञ्चयकर्ताको छ भने बाँकी सरकारी छ । पाँच वर्षपछि सञ्चयकोषले ७ सय ५० अर्बको पुँजी पुर्याउने लक्ष्य रहेको कटुवाल बताउँछन् । हाल सञ्चयकोषमा झण्डै ६ लाख सञ्चयकर्ता छन् ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले सञ्चयकर्ताको हितका लागि आवाज गृहको अवधारणा तत्कालै शुरु गर्नुपर्ने बताए । अन्य वित्तीय संस्थाको तुलनामा सञ्चयकोषले लगानी गर्ने कर्जा सहज र सर्वसुलभ भएको दाबी गरेपनि यसको ब्याज बढी भएकोले घटाउनुपर्नेमा उनको जोड छ । यस्तै घर सापटी कर्जा दिँदा तल्लो तहको कर्मचारीलाई सम्बोधन हुन नसकेको उनको गुनासो छ । कार्यक्रममा कार्यालयका शाखा प्रमुख दिलीप पौडेलले प्रदेशमा आवास कर्जा प्रभावकारी भएकाले आगामी दिनमा गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ लगायतका जिल्लामा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९