पोखरा, २५ असार । तमुवान-मगराँत संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले सोमबार आहृवान गरेको गण्डकी प्रदेश बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित बन्यो ।
प्रदेश बैठकले गण्डकी प्रदेश नामकरण गरेको विरोध गर्दै उनीहरुले तमुवान मगराँत राख्नुपर्ने माग सहित बन्द आहृवान गरेका हुन् ।
बन्द कारण पोखराको जनजीवन प्रभावित बन्यो । बन्दसँगै बिहानैदेखि अविरल वर्षाका कारण पनि यस क्षेत्रमा दिनभर यातायातका साधन चलेनन् । पसल, कलकारखाना, उद्योग, व्यवसाय, कलेज, स्कुल लगायत बन्द भए ।
पर्यटक बोक्ने गाडी, दूध तथा खानेपानी बोक्ने गाडी, एम्बुलेन्स, पत्रकार, मानवअधिकारवादीको सवारी फाट्टफुट्ट चले पनि अन्य सार्वजनकि यातायात न्यून चल्दा सर्वसाधारणले दुःख-कष्ट बेहोर्र्नुपर्यो । निर्धारित ठाउँमा उनीहरु पैदल नै हिडेको देखिन्थ्यो ।
यता, नेपाल आदिवासी जनजाति संघका प्रदेश संयोजक जितबहादुर गुरुङले बन्द सफल भएको दावी गरे । उनले यसपछि समीक्षा बैठक बस्ने र आफ्नो माग पूरा नभएसम्म आन्दोलन निरन्तर हुने बताए ।
तमुवान-मगराँत संघर्ष समितिको आन्दोलनलाई नयाँ शक्ति, संघीय समाजवादी फोरम, तमु हृवीला जनजाति राष्ट्रिय परिषद्, देशभक्त जनतान्त्रिक मोर्चा, भुजेल संघ, मगर संघ, तीनगाउँले मार्फाली संघ लगायतले पनि साथ दिएको उनले जानकारी दिए ।
गत असार २२ मा गण्डकी प्रदेश नामकरण गरिएपछि तमुवान मगराँतको ऐतिहासिक सभ्यता र पहिचान मेटाउन खोजेको उनीहरुको आरोप छ ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरीमा तीजमेला हुने
फोनिज गण्डकीलाई फुटसल उपाधि
जातीय भेदभावविरुद्ध प्रशिक्षण
‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९