बागलुङ, २५ असार । स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नारासाथ बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरियो।
बागलुङ जिल्लामा स्वास्थ सेवा विभाग व्यव्स्थापन महाशाखा सुचना ब्यबस्थापन केन्द्रबाट जन्मदेखि १५ महिनासम्मको बालबालिका ५ हजार ९ सय ६९ जना रहेकोमा ९८ दशमलब १४ प्रतिशत १६ महिना देखि २३ महिनाका बालबालिकाले सबै खोप लगाएको कारणले जिल्लालाई ४७ औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थको हिसाबले बागलुङमा २०७३/२०७४ बीसीजी खोप ७७ प्रतिशत डीपीटी ७८ प्रतिशत एमआर पहिलो मात्रा ७८ प्रतिशतले पाएको पीभीसी ७८ प्रतिशत रहेको खोप घोषणा सभामा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले बताए।
बागलुङ नगरपालिका गलकोट नगरपालिका ढोरपाटन नगरपालिका र जैमुनी नगरपालिका काठेखोला गाउँपालिका ताराखोला गाउँपालिका तमान गाउँपालिका निसीखोला गाउँपालिका बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकामा खोपसम्बन्धी सबै मापदण्ड सकिएपछि जिल्ला घोषणा गरिएको हो।
बागलुङ सदरमुकाममा सरकारी गैरसरकारी संघसंस्था महिला स्वयंसेवक विद्यालयका विद्यार्थी, संचारकर्मी, राजनीति दल स्थानीय निकायका जनप्रतिनिधि सहितले संयुक्तरूपमा बाजागाजा झाँकी सहित स्वास्थसम्बन्धी जनचेतनामूलक नारा लगाई नगर परिक्रमा गरेका थिए।
बागलुङमा एक अञ्चल अस्पताल, ३ प्राथमिक स्वास्थ केन्द्र, ५८ वटा स्वास्थ चौकी, १४ सामुदायिक स्वास्थ इकाइ, ४ शहरी स्वास्थ केन्द्र, १ सय ४४ गाउँ घर क्लीनिक, १ सय ८४ खोप क्लीनिक, १ सय ९७ खोपसेसन मार्फत खोप सेवा दिँदै आएको छ।
कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुन, जिल्ला जनस्वास्थ्य अधिकृत दीपकप्रसाद तिवारी, जिल्ला समन्वय समिति अध्यक्ष राजेन्द्र ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९