लमजुङ, २४ असार । लमजुङको एक नगरपालिकाले आफ्नै पहलमा कृषि तथा पशु हाटबजार सुरु गरेको छ । सुन्दरबजार नगरपालिकाको पहलमा सोही नगरपालिका-६ स्थित खत्रीठाँटीमा एक टहरोसमेत निर्माण गरी साप्ताहिक कृषि तथा पशु हाटबजार सुरु गरेको हो ।
पाउँदी सेरोफेरो कृषि सहकारी संस्था लि.को अगुवाईमा उक्त हाटबजारको संचालन गरिएको हो । कृषि तथा पशु हाटबजार सञ्चालनका टहरो निर्माण गर्न लागि सुन्दरबजार नगरपालिकाले २ लाख ८० हजार लगानी गरेको सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम गिरीले बताए ।
उनका अनुसार तत्काल ७ वटा स्टल राख्न सक्ने गरी टहरो निर्माण गरिएको छ । साताको एक दिन लाग्ने उक्त हाटमा नगरपालिका क्षेत्रभित्रका सबै किसानले आफूले उत्पादन गरेको कृषि तथा पशुजन्य सामग्री विक्रीका लागि ल्याउन सक्ने छन् । यस कार्यले व्यावसायिक कृषि र पशुपालनमा विशेष प्रोत्साहन हुने विश्वास गरिएको पाउँदी सेरोफेरो कृषि सहकारी संस्था लि.का अध्यक्ष मानसिंह गुरुङले बताए ।
उनका अनुसार सो टहरो निर्माण गर्दा ३ लाख १६ हजार खर्च भएको छ । नपुग रकम सुन्दरबजार नगरपालिकासँग माग गर्ने बजार व्यवस्थापन समितिले निर्ण्र्ाा गरेको समेत मानसिंह गुरुङले जानकारी दिए ।
उक्त हाटबजारको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले एक समारोहका विच उदघाटन गरे । उनले भने, ‘ढिलै भएपनि राम्रो काम भएको छ, यसलाई निरन्तरता दिन आवश्यक छ, यो किसानको सम्पत्ती हो ।’
उक्त समारोहमा सुआहारा लमजुङको बजार व्यवस्थापनका लागि आवश्यक ढक तराजु, क्रेटसहितका ५० हजार रुपैयाँ बराबरका सामग्री बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो ।
उक्त हाटमा किसानले उब्जाउ गरेका अण्डादेखि खसी बोका, भैँसी, गोरु तथा कृषि र तरकारीका सामग्री विक्रीका लागि किसानले ल्याउने प्रवन्ध गरिएको सुन्दरबजार नगरपालिका-६ का वडाध्यक्ष रघु मिश्रले बताए ।
उक्त उदघाटन कार्यक्रमका लागि पाउँदी सेरोफेरो कृषि सहकारी संस्था लि. र अन्नपूर्ण सहकारीले ५/५ हजार रुपैयाँ सहयोग गरेको कार्यक्रमको सभापतिसमेत रहेका पाउँदी सेरोफेरो कृषि सहकारी संस्था लि.का अध्यक्ष मानसिंह गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्त हाटबजारलाई व्यवस्थित गर्न कार्यालय र स्टोरका लागि भवन निर्माणका लागि आउँदो आवका लागि ५ लाख रुपैयाँ योजना स्वीकृत गरेको छ । सो कार्यका लागि नगरपालिकाको कृषि र पशु शाखाले आउँदो आवमा ५०/५० हजार रुपैयाको बजेट विनियोजन गरिसकेको गुरुङको भनाई छ ।
Related News
सम्बन्धित समाचार
शिवशिखर र इमेज सहकारीको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ओपनिङमा प्रकाश सपूत
लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघको ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०