पोखरा, २४ असार । पोखराको न्युरोडबाट बिगत ७ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको सञ्चार बचत तथा ऋण सहकारी संस्था अत्याधुनिक सेवा सुविधासहित नयाँ भवन सरेको छ । चिप्लेढुङगास्थित न्युरोडमा सहकारीले शुक्रबारबाट सेवा सुरु गरेको हो ।
अत्याधुनिक सुविधासम्पन्न कार्यालयबाट सेयर सदस्यहरुलाई सेवा प्रदान गर्न सुरु गरिएको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए । नयाँ भवनको प्रदेश सांसद प्रभा कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् । नयाँ भवनबाट सेवा शुभारम्भका अवसरमा सहकारीले रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ । उक्त अवसरमा १५ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा बोल्दै सांसद कोइरालाले सुविधासम्पन्न भवनबाट वित्तीय सेवा प्रदान गर्नु सहकारीको राम्रो पक्ष रहेको बताइन् । सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताइन् । बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष सुदिप ढकाललेे स्थापनाको छोटो समयमा सञ्चार सहकारीले सहकारी क्षेत्रमा आफूलाई स्थापित गर्न सफल भएको धारणा राखे ।
सहकारीका अध्यक्ष विनोद ढुंगानाको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्सका लिडर तीर्थ बस्नेत, पत्रकार सुरेन्द्र पौडेल, सहकारीका सचिव पवित्रराज तिवारीलगायतले बोलेका थिए । कार्यक्रममा भवन निर्माण समितिका संयोजक विनोद भुजेल र रवि आचार्यलाई सम्मान गरिएको थियो ।
सहकारीमा १ सय ५६ जना सेयर सदस्य छन् । २ करोड ७३ लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीको कुल पुँजी करिब ८ करोड रुपैयाँ छ ।
Related News
सम्बन्धित समाचार
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९