पोखरा, २५ असार। तनहुँको शुक्लागण्डकी-३, वनकेवास्थित निर्मल आधारभूत प्राविको सहयोग र आफ्ना गुरुको सम्मानमा निर्मल अक्षयकोष स्थापना गरिएको छ। विद्यालयका पूर्व विद्यार्थी समेत रहेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाको सक्रियतामा करिब ९ लाख रुपैयाँको अक्षयकोष बनाइएको हो।
अक्षय कोषका लागि विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शुभचिन्तक तथा शिक्षासेवीले रकम प्रदान गरेका हुन्। सो रकमको ब्याजबाट निजी स्रोतका शिक्षकलाई तलब खुवाइने अक्षय कोषका संयोजक एवम् पूर्व विद्यार्थी मोहनबहादुर थापाले जानकारी दिए।
‘हालसम्म ८ लाख ७१ हजार ६ सय रुपैयाँ संकलन भइसकेको छ, थपिने क्रम चलिरहेको छ,’ उनले भने, ‘यो कोषमा नगरपालिका र वडा कार्यालय पनि सहभागि भई विद्यालयको गुणस्तरमा सहयोगी बन्नुपर्ने अवस्था आएको छ।’
२०१३ सालमा स्थापित सो विद्यालयमा वाषिर्करुपमा विद्यार्थी संख्या घट्दै गएका छन्। आफूले अध्ययन गरेको विद्यालय र जन्मस्थानमा केही गरौ भन्ने उदेश्यले अभियान शुरु गरेको हुँ,’ डा थापाले भने, ‘यसमा सबैको सहयोग हुने विश्वास लिएको छु।’
उनले थपे, ‘विद्यालयमा आउँदा मलाई बच्चापनमा स्याउलाले बारेर पढेको याद आउँछ, साथै गुरु गणेशबहादुर रावतले गणित पढाएको सम्झने गर्छु अक्षयकोषले गुरुको पनि सम्मान गरेको महसुस गरेको छु।’
डा थापा सो विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गरेका थिए। उनले आफ्ना गुरु ९८ वर्षीय रावतलाई स्वास्थ्य जाँच गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए। सो कोषमा पूर्व विद्यार्थी प्राडा चन्द्रबहादुर थापा, शिक्षासेवी शिवबहादुर कार्की, भक्तबहादुर रिमाल, मोहनबहादुर थापा, सूर्य बानियाँ’, मुक्ति तिम्ला, हर्कबहादुर कार्की, प्रदीप थापा लगायतले सहयोग गरेका छन्।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९