पोखरा, २५ असार । इनर ह्वील क्लब अफ अन्नपूर्णको नवौं पदस्थापनामा अध्यक्ष मीना आचार्यले वर्ष २०१८/१९ का अध्यक्ष सञ्जीना न्यौपानेलाई अध्यक्ष पद हस्तान्तरण गरेकी छन्।
कार्यक्रममा संस्थापक अध्यक्ष सर्सिज पालिखेले वेल तथा हेम्मर र प्रमुख अतिथि इनर हृवील डिष्ट्रिक नेपाल ३५० का अध्यक्ष उषा क्षेत्रीले चार्टर सर्टिफिकेट, कलर माला साथै इनर हृवील पिन प्रदान गरी पदस्थापना गरे।
कार्यक्रममा अध्यक्ष मीना आचार्यले आफ्नो कार्यकालको प्रगति गतिविधि प्रस्तुत गरिन् भने आगामी वर्षकी अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालको कार्ययोजनाबारे प्रस्ट्याइन्। क्लबको उपाध्यक्ष युनिस्मा तुलाचन, सचिव सन्ध्या कुँवर, कोषाध्यक्ष भगवती बराल, सह-सचिव सरिता शर्मा, आइएसओ ज्योति उदास, सम्पादक रेणु श्रेष्ठ र बोर्ड सदस्य शारदा बराल चयन भएका।पदस्थापना समारोहमा रोटरी डिस्ट्रिक ३२९२ का डिल्लीप्रसाद शर्मा र रोटरी क्लब अफ अन्नपूर्णका अध्यक्ष सुरेश ध्वजू, इनर हृवील क्लब अफ पोखराका अध्यक्ष सञ्जु द्वा, इनर हृवील क्लब अफ मिड टाउनका अध्यक्ष सावित्री नेपाली, इनर ह्वील क्लब अफ अन्नपूर्णका संस्थापक अध्यक्ष सरासिज पालिखे, लगायतले मन्तव्य राखेका थिए।
क्लब सचिव भगवती बरालले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्ष विजया कर्माचार्यले स्वागत र उपाध्यक्ष युनिस्मा तुलाचनले धन्यवाद मन्तब्य राखेका थिए।
Related News
सम्बन्धित समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
निर्वाचनका लागि ४० दल दर्ता
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
hero news full width
मुख्य समाचार
कोरोनापछि गाईजात्रा रौनक
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९