पोखरा, २३ असार। मादी गाउँपालिकाले प्रथम पञ्चवषिर्य आवधिक योजनाको प्रारम्भिक प्रतिवेदनमा छलफल तथा अन्तक्रिर्या गरेको छ।
प्रतिवेदनका परामर्शदाताले गाउँपालिकाको १२ वटै वडामा पुगेर भौगोलिक, प्राकृतिक, जनसंख्या, कृषि, शिक्षा स्वास्थ्य, यातायात, धार्मिक लगायत विभिन्न पक्षमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार पारेका हुन् ।
प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले मादी गाउँपालिका नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै यसको विकास गर्नका निम्ति आफू लागिपर्ने बताए। उनले अबको कम्युनिष्टले समाजमा उदहारणीय काम गरेर देखाउनुपर्ने बताए।
प्रमुख परामर्शदाता प्राडा कृष्ण केसीले गाउँपालिकाभित्रको भौगोलिक अवस्था र त्यहाँ बसोबास गर्ने जातजातिको अवस्था एवं उनीहरुको संख्या लगायतबारे प्रतिवेदन प्रस्तुत गर्दै कास्कीको विकट बस्तीदेखि लिएर ऐतिहासिक थलोहरु समेत सबै मादी गाउँपालिकाभित्र रहेका र नेपालका प्रायः सबै भू-भागमा पाइने मौसमी हावापानी मादीमा पाइने भएकोले सो गाउँपालिका सबैखाले पर्यटकका लागि उपयुक्त ठाउँ रहेको बताए।
उनले सिक्लेसको माथिल्लो भागको क्हपुचे हिमताल र गुरुङ जातिको ऐतिहासिक थलो क्होला सोंथर, कोरीको प्रचार गर्न सके मादी नेपालकै उत्कृष्ट गाउँपालिका बन्न सक्ने बताए। मादीमा ४ हजार ३ सय १४ घरधुरीमा २५ हजार ७ सय ७९ जनसंख्या बसोबास गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
अर्का प्रतिवेदन प्रस्तुतकर्ता प्राडा लेखनाथ न्यौपानेले गाउँपालिकाको भौतिक विकास योजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाले पञ्चवर्षीय योजनामा गाउँपालिकाभित्रका विभिन्न ठाउँमा करिब १५ वटा झोलुङेपुल, १० वटा पक्की पुल निर्माण गर्ने तथा मुख्य ३ सडक राखी मिजुरे, काँहुखोला याङ्जाकोट र काँहुखोला दुधपोखरी सडकलाई कालोपत्रे गर्ने तथा बाँकी सडक व्यवस्थित ढल निर्माण गरि स्तरोन्नति गर्ने योजना सहितको प्रतिवेदन प्रस्तुत गरे ।
प्रदेश सांसद मनबहादुर गुरुङले सरकारले निःशुल्क बाँड्ने गरेको औषधी जनताले उपयोग गर्न पाएका छन कि छैनन् त्यसको अनुगमन जनप्रतिनिधिले गर्नुपर्ने बताए। अहिलेको जनप्रतिनिधिले धेरै अवसर र सुविधा पाएको हुनले यसलाई सदुपयोग गर्दै राम्रो काममा अघि बढ्नुपर्ने बताए। कार्यक्रममा घरेलु केन्द्रिय कार्यालयका मणिराम नेपाल, नेकपाका नेता कृष्ण दाहाल, गैरसरकारी संस्था महासंघका पदम पहारी लगायतले प्रतिवदेनका विभिन्न पक्षमा आफनो सुझाव राखेका थिए ।
छलफलबाट पारित सोे प्रतिवदेन पारिमार्जित सहित प्रकाशित भएपछि सोही आधारमा गाउँपालिकाले आफ्नो काम कारबाही अघि बढाउने गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ -श्याम)ले जानकारी दिए।
गाउँपालिका अध्यक्ष श्यामको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत नारायण ढकाल र गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलले स्वागत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९