काठमाडौँ, २३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन ३ सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टीसचिवालयको बैठकले पार्टीको स्थायी समिति बैठकले दिएको सुझावको आधारमा परिमार्जनसहित नियमावलीलाई यही २५ गते भित्रमा अन्तिम रुप दिन कार्यदल गठन गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राससलाई जानकारी दिए।
नेकपाका नेता बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहेको कार्यदलले तयार गरेको नियमावलीलाई आगामी मंगलबार बस्ने बैठकमा प्रस्तुत गरिने र बैठकले अनुमोदन गरेपछि प्रकाशनका लागि पठाइने प्रवक्ता श्रेष्ठको भनाइ छ। “बिहीबार बसेको पार्टीको स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको थियो, अब मंगलबार बस्ने पार्टीसचिवालयको बैठकले वर्तमान समसामयिक राजनीतिक परिस्थितिको बारेमा समेत छलफल गनेछ”-उनले भने।
Related News
सम्बन्धित समाचार
कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
अनेरास्ववियु बागलुङ अध्यक्षमा जिसी
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
माघ १५, २०७९गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
माघ १४, २०७९