नवलपरासी, २३ असार। कावासोती नगरपालिकामा ३ सय जना गर्भवती र सुत्केरी महिलालाई कुखुरा वितरण गरिएको छ। कावासोती नगरपालिकामा सञ्चालित सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत कुखुरा वितरण गरिएको हो।
नगरपालिकामा ३ सय जना सुनौला हजार दिनका आमाहरुका लागि एक जोडीका दरले कुखुरा वितरण गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रम कावासोतीका फोकलपर्सन राजेन्द्रप्रसाद सापाकोटाले बताए।
सापकोटाले पशु सेवाअन्तर्गत कुखुरा वितरण गरिएको र शिक्षा शाखाअन्तर्गत विद्यालय, विद्यालयमा गएर सरसफाइ र सन्तुलित तथा पौष्टिक आहारबारे जानकारी गराउँदैआएको बताए। त्यस्तै कृषि शाखाअन्तर्गत बीउविजन वितरण गरियो ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले कुपोषणको जोखिममा रहेका बालबालिकालाई अण्डा खुवाउनु पोषणको एउटा तत्वमात्र भएको भए पनि योसँगै अन्य पोषणयुक्त खानेकुरामा पनि ध्यान दिन सकियोस् भन्ने उद्देश्यले कुखुरा वितरण गरिएको बताए।
कावासोती नगरपालिकामा चालु आर्थिक वर्षमा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत स्वास्थ्य मन्त्रालयबाट १५ लाख ४६ हजार रुपैयाँ विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि करिब १७ लाख ७० हजार बजेट बिनियोजन भएको छ।
पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका १५ वटै स्थानीय तहमा अहिले बच्चामा हुन सक्ने कुपोषण रोक्नका लागि सुनौली हजार दिन कार्यक्रम सञ्चालित छ ।
बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन अर्थात जन्मिएको २ वर्षसम्ममा बच्चाको ८० प्रतिशत मस्ितष्कको विकास भइसक्ने भएकोले सुनौली हजार दिनअन्तर्गत स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो। यो खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण देखा नपरोस् भनेर सञ्चालन गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रम हो।
नवलपरासीमा ४ सय २४ जनाभन्दा बढी बालबालिका कडा शीघ्र कुपोषण भएका बालबालिका भेटिएका थिए।
जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीको तथ्यांक अनुसार नवलपरासीमा ३२ हजार बालबालिकामा गरिएको परीक्षणमा ४ सय २४ जना यस्ता बालबालिका भेटिएका हुन्। पूर्वी र पश्चिम नवलपरासी गरी २ जिल्लामा ६ महिनामाथिका ५ वर्षमुनीका करिब ६४ हजार बालबालिका रहेको तथ्यांक छ। तीमध्ये २ हजार ६ सयभन्दा बढी बालबालिकामा कडा शीघ्र कुपोषण रहेको अनुमान गरिएको छ। मृत्यु भएका बालबालिकामध्ये ५२ प्रतिशत कुपोषणकै कारण मृत्यु हुने गरेको पाइएको छ। प्रति १ हजार बालबालिकामध्ये कुपोषणकै कारण जन्मिएको २८ दिनभित्र २१ जना, एक वर्षभित्र ११ जना र पाँच वर्षभित्र ७ जना बालबालिकाले ज्यान गुमाउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका छवि गिरीले बताए।
Related News
सम्बन्धित समाचार
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
पोखरा पेन्सन क्याम्पमा गणतन्त्र दिवस
पदबहालीमा मन्त्रीहरुले किन गर्छन् कर्मकाण्डी निर्णय ?
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९मन्त्री र सचिवलाई मुख्यमन्त्री अधिकारीको निर्देशन : मितव्ययी बन्नुस्, पुँजीगत खर्च बढाउनुस्
माघ १२, २०७९