रोटरी पोखरा फिस्टेलको १६ औं पदस्थापना

आदर्श समाज सम्वाददाता
असार २४, २०७५
rotary fishtail

पोखरा, २३ असार । रोटरी क्लब अफ पोखरा फिस्टेलको १६ औं र रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको १२ औं पदस्थापना समारोह सम्पन्न भएको छ ।

प्रमुख अतिथि डिस्ट्रिक गभर्नर इलेक्ट किरणलाल श्रेष्ठले नवनियुक्त बोर्ड डाइरेक्टरलाई शपथ ग्रहण गराउँदै रोटरी क्लबले हालसम्म गरेका कामबारे प्रकाश पारे । उनले रोटरी पोखरा फिस्टेलले मानवीय सहायतामा आफ्नो कदम अग्रसर गराएकोप्रति प्रशंसा गरे ।

समारोहमा रोटरी पोखरा फिस्टेलका अध्यक्ष लक्ष्मी थापा गिरीले वर्ष आफ्नो कार्यकाल वर्ष २०१७/०१८ मा गरिएका क्रियाकलापबारे जानकारी गराइन् ।

यस्तै, नवनियुक्त प्रेसिडेन्ट बाबुराम पाठकले वर्ष २०१८/०१९ मा आफूले गर्ने कार्ययोजनाबारे जानकारी दिए ।

क्लबको नवनियुक्त बोर्ड डाइरेक्टरमा प्रेसिडेन्ट इमिडिएट बाबुराम पाठक, निवर्तमान प्रेसिडेन्ट लक्ष्मी थापा गिरी, पे्रसिडेन्ट इलेक्ट अर्जुन थापा, भाइस प्रेसिडेन्ट रमेशप्रसाद कोइराला, सचिव दीपक पोखरेल, कोषाध्यक्ष लक्ष्मी कँुवर, सर्जेन्ट एट आर्म पूर्व अध्यक्ष भुवनसिंह गुरुङ, क्लब टे्रनर पूर्व अध्यक्ष विनोद कोइराला, क्लब मेन्टर पूर्व अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, एड्मिन डाइरेक्टर पूर्व अध्यक्ष नरबहादुर गुरुङ, मेम्बरसीप डाइरेक्टर पूर्व अध्यक्ष रमाकान्त बराल, सर्भिस प्रोजेक्ट डाइरेक्टर पूर्व अध्यक्ष नारायण शर्मा, युथ सर्भिस डाइरेक्टर पूर्व अध्यक्ष जयेन्द्र गौचन र वेवमास्टरमा आदित्य चन्द छन् । चियरमेम्बरमा एड्मिनतर्फ अशोक चालिसे, पब्लिक रिलेसनमा बिमला भण्डारी, मेम्बरसीप चियरमा जगनसुब्बा गुरुङ, सर्भिस प्रोजेक्टमा प्रेमबहादुर थापा, टिआरएफमा वासु त्रिपाठी र युथ सर्भिसमा रञ्जु गुरुङ चयन भए ।

सो अवसरमा रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको वर्ष २०१७।१८ की अध्यक्ष अमृता पौडेलले वर्ष २०१८।१९ की अध्यक्ष विद्या कोइरालालाई पद हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा रोटरियन रोश गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  यस्तै, रोटरी पोखरा फिस्टेलको प्रकाशन ‘फिस्टेल’ स्मारिका र रोट्रयाक्ट पोखरा फिस्टेलको प्रकाशन ‘प्रतिबिम्ब’ विमोचन गरिएको थियो ।

पोखराका सम्पूर्ण क्लबका इनकमिङ र आउटगोइङ प्रसिडेन्ट लगायत डिष्ट्रिक अफिसियल मेम्बरको सहभागिता रहेको कार्यक्रममा वर्षभरि उत्कृष्ट कार्य गर्नेलाई अवार्ड प्रदान गरिएको पब्लिक रिलेसनकी बिमला भण्डारीले जानकारी दिइन् ।

कार्यक्रममा स्वागत रोटरी पोखरा फिस्टेलका पूर्व अध्यक्ष विनोद कोइरालाले गरेका थिए भने सञ्चालन सचिव लक्ष्मी कुँवरले गरेकी थिइन् ।

पृथ्वीरुपा माविको भवन निर्माणमा सहयोग पुर्‍याएको रोटरी पोखरा फिस्टेल खानेपानी, शिक्षा, छात्रवृत्ति लगायत सामाजिक कार्यमा सक्रिय रहँदैआएको छ ।

Related News

सम्बन्धित समाचार

  • हर्पनकोट माविमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८०
    हेमजा । पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले विद्यार्थीले गर्ने अतिरिक्त क्रियाकलापको पनि मूल्यांकन हुनुपर्ने बताएका छन् । पोखरा २३ स्थित…
  • फेवातालमा एक युवक मृत फेला, २ दिनसम्म भएन पहिचान

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पोखराको फेवातालमा एक युवक मृत फेला परेका छन् । अन्दाजी ४५ वर्षीय ती पुरुषको पहिचान खुल्न सकेको छैन…
  • सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा विकास तथा समन्वय इकाइमा लगातार धर्ना जारी राखेको छ । परिषद् कास्कीले पनि पोखराको…
  • कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पत्रकार कृष्णमणि बरालले वातावरण पत्रकारिता पुरस्कार–२०२२ पाउने भएका छन् । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण…
  • रास्वपा पोखरा २६ गठन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा २६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले वैकुण्ठ बरालको अध्यक्षतामा तदर्थ वडा समिति गठन गरेको छ ।…

hero news full width

Recent Posts

भर्खरै