ब्याडमिन्टन प्रतियोगिता शुरु

आदर्श समाज सम्वाददाता
असार २४, २०७५
badminton

पोखरा, २३ असार। भारतीय पेन्सन क्याम्प, रामबजारमा शनिबारदेखि डबल्स ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ। भारतीय राजदूतावास, मिलिटरी वीङ काठमाडौंको सहयोगमा प्रतियोगिता भएको हो।

भारतीय गोर्खा सैनिकमा कार्यरत बहालवाला सैनिक र भूतपूर्व गोर्खाबीच मैत्रीभाव स्थाथापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पश्चिमाञ्चल क्षेत्रीय भूतपूर्व खेलकुद संघका अध्यक्ष क्या.प्रेमप्रसाद गुरुङले बताए।

क्याम्प प्रमुख कर्णेल प्रतीक शर्माले प्रतियोगिता उद्घाटन गरेका हुन्। उद्घाटन खेलमा कर्णेल शर्मा र सनबहादुर गुरुङको जोडीले सु. लोकबहादुर गुरुङ र सु. लालसिंह थापाको जोडीलाई पराजित गरेको थियो।

नायक अमृत राना र नायक कमल राना, नायक वीरबहादुर थापा र नायक ओमबहादुर थापा, क्या. भक्त पुन र क्या. कृष्ण पुन तथा सु. रामप्रसाद पुन र नायक टीका पुनको जोडीले फाइनलका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ। फाइनल आइतबार नै हुनेछ ।

बीस जोडीको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार ८ हजार, द्वितीय पुरस्कार ५ हजार र तृतीय पुरस्कार ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • बाघचालमा नवीन प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लमजुङ । सुन्दरबजार–१० स्थित कानेस्वाँरामा आयोजित बाघचाल प्रतियोगितामा नवीन बास्तोला प्रथम भएका छन् । दुरा सेवा समाज धुसेनी इकाइको आयोजनामा…
  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…
  • रेवान कप टेनिस सुरु

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । पोखरामा बुधबारदेखि तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट…
  • नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता…

hero news full width