पोखरा, २३ असार । चण्डिका आमा समूह, दरबारथोकको आयोजनामा समूह सदस्यका एसर्इइ उत्तीर्ण छोराछोरीलाई शनिबार सामूहिक सम्मान गरेको छ ।
सो अवसरमा आमा समूहकी सदस्य आरती रानाभाट तथा संचारकर्मी कृष्ण रानाभाटका छोरीहरु आकृति रानाभाट र प्रकृति रानाभाट, समूहस दस्य तथा वडा कार्यालय ९ की कर्मचारी गौरा पौडेल शर्माका छोरा सन्देश पौडेल सम्मान गरिएको थियो ।
वडाध्यक्ष रामराज लामिछानेले कार्यक्रम उद्घाटन गर्दै योग्यता पुगेका जेहेन्दार युवाहरुलाई जागिरको सिलसिलामा कुनै सहयोग चाहिएमा आफूले सहयोग गर्न तयार रहेका बताए । उनले वडा ९ विपन्नदेखि धनाढ्यहरुको बसोबास रहेको क्षेत्र भएकोले विकासका हरेक कुरामा चुनौती रहेको बताउँदै केही टोलका बालबालिका अझै पनि स्कूलको पहुँचभन्दा टाढा रहेको बताए ।
वडासचिव लोकदर्शन कोइरालाले बालबालिका भविष्यको कर्णाधार भएको बताए ।
२०६८ सालदेखि आमा समूहले यसरी विद्यार्थीलाई सम्मान गर्दै आएको छ । सो कार्यक्रममा सम्मानपत्र तथा अन्य आवश्यक खर्च जिम्मेवारी लिने शालिकराम अधिकारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रम सम्मानित प्रकृति रानाभाट, सन्देश पौडेल र आकृति रानाभाटले सम्मानले अझै धेरै मेहनत गर्न हौसला प्रदान गरेको बताए ।
सो अवसरमा लक्ष्मी आवासिय माविका प्राचार्य शालिकराम अधिकारी, समाजसेवी वेदकुमार श्रेष्ठ, तालवाराही खबर साप्ताहिकका सम्पादक सूर्य सिकारु, दरबारथोक एड्भरर्टाईजिङ एजेन्सीका कृष्ण रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समूह अध्यक्ष वीमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सम्झना रानाभाट र सञ्चालन रेडियो गोर्खालीकी स्टेशन म्यानेजर खीमा गुरुङले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९