महिला सशक्तिकरण अनुशिक्षण तालिम

आदर्श समाज सम्वाददाता
असार २४, २०७५
woman

पोखरा, २३ असार । गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको संयोजकत्वमा  महिला सेयर सदस्यलाई नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम दिइएको छ ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा पोखरामा शनिबार एकदिने महिला सशक्तिकरण तालिम भएको हो।

प्रमुख अतिथि संस्थाका सल्लाहकार संयोजक गुडाखर सापकोटा, उपाध्यक्ष बालकृष्ण बराल, सचिव कृष्णप्रसाद पोख्रेल, सल्लाहकार सदस्य दुर्गा आचार्य र महेन्द्र रिमालले आ-आफ्नो मन्तब्य व्यक्त गर्दै प्रशिक्षणले महिलालाई अगाडि बढ्न प्रेरणा मिल्नेमा बताए ।

तालिम प्रशिक्षकमा महिला सशक्तिकरण नेपाल तथा थ्री सिस्र्र्टस एड्भेञ्चर ट्रेकिङका संस्थापक निर्देशक लक्की कार्की क्षेत्री र अधिवक्ता जानकी शर्मा रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य महिला उपसमिति सदस्य कमला भुजेल, सञ्चालन महिला उपसमिति संयोजक तारा शर्मा र र धन्यवाद ज्ञापन महिला उपसमिति सदस्य सीता शर्माले गरेका थिए ।

संस्थाले प्रत्येक वर्ष महिला सेयर सदस्यका लागि सदस्यको माग बमोजिम क्षमता अभिवृद्धिका तालिम दिँदै आएको छ ।

२०६६ सालमा स्थापित सो संस्थामा महिला सेयर सदस्यको संख्या ५ सय १२ रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • आर्वामा ज्येष्ठ नागरिक सम्मान

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आइतबार ज्येष्ठ नागरिक कल्याणकारी संस्था पोखरा १३ आर्वाले ५ जना ज्येष्ठ नागरिकलाई सम्मान…
  • महिला अधिकारबारे कानुनी सचेतना

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८०
    पोखरा । सिद्धार्थ क्लब पोखराले महिला अधिकारसम्बन्धी कानुनी सचेतना कार्यक्रम गरेको छ । कार्यक्रम उद्घाटन गर्दै पोखरा ४ की वडा…
  • १०५ वर्षे इन्द्रकला ‘महानगर माता’

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८०
    पोखरा । पोखरा महानगरले ज्येष्ठ नागरिक दिवसको अवसर पारेर १ सय ५ वर्षे इन्द्रकला गौतम पाध्यालाई महानगर माताको उपाधिसहित सम्मान…
  • ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८०
    पोखरा । ठूलाडिही–पोखरा सम्पर्क मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एकदिने कौसी खेती प्रशिक्षण भएको छ । कार्यक्रममा ठूलाडिहीबाट पोखरामा आई बसोबास…
  • आनन्दित गृहद्वारा गुरुङ दम्पत्ति सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८०
    पोखरा । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा आन्दित गृह नेपालले गुरुङ दम्पतीलाई सम्मान गरेको छ । आनन्दित गृह…

hero news full width