पोखरा, असार २३ गते ।साहित्यकार ढाका थापाले २ साहित्यिक अक्षयकोष स्थापना गरेका छन् ।
थापाले साहित्यप्रतिको अनुरागले अक्षयकोष स्थापना गर्न प्रेरित गरेकाले गजल सन्ध्या रोजेको बताए।
गजल सन्ध्या पोखरामा अध्यक्ष अमृत सुवेदीले नगद लाख २ हजार रुपैयाँ ग्रहण गर्दै थापाले स्थापना गरेको कोषबाट विश्वका जुनसुकै भूभागमा रहेर पनि नेपाली गजलको उत्थानका लागि कार्य गरेका अग्रज व्यक्तित्वलाई नगदसहित सम्मान गरिने जानकारी दिए ।
सन्ध्याका सल्लाहकार तीर्थ श्रेष्ठले ढाका थापा जस्ता साहित्यप्रेमीको साथले नेपाली साहित्य अघि बढ्ने धारणा व्यक्त गरे । गजल प्रतिभा सम्मान मस्यौदा समितिका संयोजक रुपिन्द्र प्रभावीले हरेक दुर्इ वर्षमा सो सम्मान प्रदान गर्ने लक्ष्य राखिएको बताए ।
स्मरण रहोस्, सन्ध्याद्वारा सञ्चालित गजल प्रतिभा पुरस्कारका लागि यसअघि एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लायन्स फेवा वेगनासमा टीका
एयरलायन्स फ्लाइटको एयरहोस्टेस प्रशिक्षण सुरु
धिमे बाजा प्रशिक्षण
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०