पोखरा, २० असार । प्रदेश ४ को नाम ‘गण्डकी’ हुने पक्कापक्की भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार बैठक बसेर निर्णय गरेपछि यसबारे पक्काजस्तै भएको हो ।
आइतबारदेखि लगातार नाम र राजधानीको विषयमा नेकपाबीच बैठक चलेको थियो । राजधानी सर्वसम्मतले पोखरा घोषणा गरे पनि नाम विषयमा भने धेरै विवाद र विरोध थियो ।
ाविक नेकपा माओवादीका सांसदहरुले पहिचानको मुद्दा अघि सारेपछि एमालेतर्फका सांसदहरु समेत अल्मलिएका हुन् । माओवादीको प्रस्तावमा एमालेतर्फकै केही सांसदहरुको पनि समर्थन थियो । शुरुदेखि नै जातीय पहिचानको मुद्दालाई अघि सार्दै आएको माओवादी प्रदेश ४ को नाम तमुवान-मगराँत वा गण्डकी तमुवान राख्ने पक्षमा थियो । तर बहुमत सांसदको जोड गण्डकीमा भएपछि जातीय नाम राख्ने बाटो बन्द भएको छ ।
नयाँ शक्ति पार्टीले चाहीँ यसअघि नै निर्णय गरेर नामांकन तथा राजधानी सुझाव संकलन समितिलाई सिफारिस गरिसकेको छ । नयाँ शक्तिको प्राथमिकतामा गण्डकी-तमुवान छ । उता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गण्डकी नै सर्वस्वीकार्य नाम हुने बताएको छ । जनमोर्चाले पनि गण्डकी नाममा सहमति जनाएको छ । साविक एमालेले निर्णय नै गरेर गण्डकी नाम सिफारिस गरेको थियो । तर माओवादीले चाहीँ कुनै पनि सिफारिस गरेको थिएन । एमाले र माओवादी केन्द्रबीच पार्टीएकता भएपछि नेकपा संसदीय दलमा प्रदेशको नामका विषयमा फरकफरक धारणा आएको हो ।
संविधानको धारा २ सय ९५ (२) अनुसार प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको दुर्इतिहाइ बहुमतबाट हुने व्यवस्था छ । कुल ६० सांसद रहेको प्रदेश ४ मा १ जना शुरुदेखि नै अनुपस्थित छन् । सबैभन्दा धेरै एमालेका २७ सांसद छन् भने प्रतिपक्षी दल काँग्रेसको १५ र अको सत्तारुढ दल माओवादीको १२ सिट छ । जनमोर्चाका ३ र नयाँ शक्तिका २ सांसद प्रदेश ४ मा छन् । नेकपाको निर्णयसँगै नयाँशक्ति बाहेक ५७ सांसदको समर्थन गण्डकीमा छ । नामाकरणका लागि प्रदेश सभामा मतदान हुँदा सभामुखबाहेक ५८ जनाले भाग लिनेछन् । त्यसमध्ये ५६ जना सांसदले गण्डकीको पक्षमा मतदान गर्ने देखिएको छ ।
यसअघि सत्तारुढ पार्टीले नामबारे निर्णय लिन नसक्दा प्रदेशसभाको पूर्व निर्धारित बैठक स्थगित भएको थियो । नामबारे छलफल गर्न डाँकिएको मंगलबारको बैठक औपचारिक शुरु नहुँदै सूचना टाँस गरेर २ दिनपछि सारिएको हो । अब बिहीबार नामको विषयमा छलफल शुरु हुनेछ ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीका सांसदले नामबारे एउटै धारणा बनाउन नसक्दा संसदीय दलको बैठक समेत १ सातासम्म लम्बिएको थियो । नेकपाको बैठकमा सबै सांसदले आफ्ना धारणा राखेका थिए । सबैको विचार सुनिसकेपछि निष्कर्षमा एउटै नाममाथी समर्थन जुटाइएको सांसद राजीव पहारीले बताए । ‘सबै माननीयज्यूहरुले आफ्ना धारणा राख्नुभयो । तर गण्डकीमा कसैको विमति रहेन,’ उनले भने, ‘गण्डकीमा सर्वसम्मत निर्णय भएको हो ।’
अर्थमन्त्री किरण गुरुङले पनि प्रदेशको नाम गण्डकी राख्नुपर्नेमा जोड दिएका थिए । ‘गण्डकी भन्नु नै गुरुङहरुको थातथलोको प्रतिनिधित्व हो । गण्डकी राख्दा सबैको अपनत्व पनि हुन्छ,’ उनले भने, ‘पहिचान जातसँग मात्रै जोडिँदैन । सबैले स्वीकार गर्न सके समृद्धिको ढोका खुल्छ ।’
प्रदेश राजधानी भने पोखरालाई सर्वसम्मत बनाइएको छ । सोमबारको बैठकमा राजधानी सर्वसम्मत निर्णय गरिएको हो । विहीबारको बैठकमा नामबारे छलफल शुरु हुनेछ । धेरै सांसदको विचार र धारणा सुन्ने र साझा नाम निर्णय गर्ने नेकपाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९