जनप्रियको नवनिर्मित भवन उद्घाटन

नमूना विद्यालय बनाऔं : मन्त्री अधिकारी

आदर्श समाज सम्वाददाता
असार २१, २०७५

पोखरा, २० असार। पोखरा-८, सिमलचौरस्थित जनप्रिय माविको नवनिर्मित भवन निर्माण पूरा भएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बुधबार उक्त ६ कोठे नवनिर्मित भवन उद्घाटन गरेका हुन्।

सो अवसरमा मन्त्री अधिकारीले नवनिर्मित भवन विद्यालयले सक्दो सदुपयोग गर्न आग्रह गरे। प्रारम्भिक कक्षादेखि दश जोड दुर्इ कक्षासम्म विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड थियो। उनले जनप्रिय माविलाई देशकै सामुदायिक नमूना विद्यालय बनाउन आग्रहसमेत गरे। वडाध्यक्ष रुद्रनाथ बरालले स्थानीय सरकारले विद्यालयको भौतिक स्रोतसाधनका लागि आवश्यक सहयोग गर्ने बताए। दश जोड दुर्इको कक्षामा विद्यालयले व्यावसायिक र प्रविधिमैत्री विषयमा जोड दिन बरालले आग्रह गरे।

कार्यक्रममा भवन निर्माण उपसमिति संयोजक मीनप्रसाद भट्टराई, विद्यालयका पूर्व प्रअ नारायणप्रसाद पराजुली, अभिभावक परशुराम बराल लगायतले बोलेका थिए।

कार्यक्रममा भवन निर्माण उपसमिति संयोजकहरु भरतराज चालिसे, मीनप्रसाद भट्टराई, शारदा गिरी र निर्माण व्यवसायी पूर्णबहादुर राउतलाई प्रशंसापत्र सहित सम्मान गरियो । विद्यालयमा बुधबार नै सीसी क्यामेरा जडान गरिएको छ। सीसी क्यामेरा जडान उपसमिति संयोजक टंकप्रसाद सुवेदीलाई विद्यालयले प्रशंसापत्रद्वारा सम्मान गरेको छ। त्यसैगरी विद्यालयकी इजीआरपी शिक्षिका करुणा पौडेललाई समेत विद्यालयले सम्मान गर्‍यो । साविक जिल्ला शिक्षा कार्यालयबाट ५२ लाख, विद्यालय आन्तरिक स्रोतबाट ८४ लाख ९५ हजार र सांसद विकास कोषबाट १५ लाख गरी १ करोड ५१ लाख ९५ हजार रुपैयाँ लागतमा भवन निर्माण पूरा भएको विद्यालय प्रअ बाबुराम पौडेलले बताए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रअ देवी बस्ताकोटीले स्वागत र सहायक प्रअ ऋषिराम अधिकारीले सञ्चालन गरेका थिए।

२०२५ सालमा स्थापना भई निमावि तहको कक्षा सञ्चालन गरेको जनप्रियले २०४३ मा मावि तह, २०६१ मा मानविकी, शिक्षा र व्यवस्थापन संकायमा दश जोड दुर्इ कक्षा सञ्चालन, २०७३ मा सिभिल इञ्जिनियरिङ र यसै शैक्षिक सत्रदेखि विज्ञान संकायका कक्षा सञ्चालन गरेको छ।

विद्यालयमा हाल १ हजार ८ सय विद्यार्थी रहेको सहायक प्रअ ऋषिराम अधिकारीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

hero news full width