लेखनाथ, २० असार। लेखनाथ उद्योग वाणिज्य संघले बुधवार विविध कार्यक्रमका साथ आफ्नो २२ औं स्थापना दिवस मनाएको छ।
समारोहमा लेखनाथ उद्योग वाणिज्य संघ र पोखरा लेखनाथ महानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिने कृषि उपज खरिद बिक्री केन्द्र शिलान्यास र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनअन्तर्गत कृषि प्रविधि सूचना केन्द्र उद्घाटन गरिएको हो।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक समृद्धिको यात्रामा सहभागी हुन उद्योग व्यवसायीलाई आग्रह गर्दै निजी क्षेत्रलाई कसरी आकषिर्त गर्न सकिन्छ भन्नेबारे प्रदेश सरकार चिन्तनशील रहेको बताए । उनले आर्थिक समृद्धिको यात्रामा सँगसँगै हिड्न आग्रह गरे ।
पूर्व कानून मन्त्री यज्ञबहादुर थापाले विकासबारे जनताबाट मूल्याङ्कन गर्ने समय भैसकेको हुँदा निर्वाचित सरकारले जनउत्तरदायी भएर काम गर्न सुझाव दिँदै हातेमालो गर्दै अगाडि बढ्न आग्रह गरे।
प्रदेश सांसद दीपक कोइरालाले कृषिलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउनका लागि प्रदेश सरकार जनचाहना अनुसारको काम अगाडि बढाउनेतर्फ लागेको विचार राखेका थिए। पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले समग्र पोखरा उपत्यकाको आर्थिक तथा सामाजिक विकासको लागि विकासका पूर्वाधार खडा गरी कृषि र पर्यटनको माध्यमबाट अघि बढ्नुपर्ने बताउँदै पुरानो पोखरा नभै नयाँ पोखरा बनाउने अभियानमा आरोप प्रत्यारोप नगरी व्यावसायिक उत्पादनतर्फ अग्रसर हुन आग्रह गरे।
वाषिर्कोत्सवको अवसरमा संघका आमन्त्रित सदस्य कृष्णप्रसाद ढुङानाद्धारा स्थापना गरिएको अक्षयकोषबाट वातावरण तथा सरसफाइ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत वेगनास युवा क्लबलाई ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरियो । ।
पूर्व अध्यक्ष नारायणप्रसाद श्रेष्ठले स्थापना गरेको छात्रवृत्ति कोषअन्तर्गत लक्ष्मी मावि कक्षा ७ मा अध्ययनरत छात्रा शोभा थापामगरलाई छात्रवृद्धि रकम २ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो। त्यसैगरी लेखनाथ पत्रकार मञ्चलाई अक्षरकोष स्थापना सहयोगका लागि १५ हजार ५ सय २५ रुपौयाँ सहयोग गरिएको थियो।
संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे र विन्दु सुवेदीले आ-आफ्नो धारणा राखेका थिए।
संघ महासचिव भरतकुमार अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष बलराम ढकालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९