काठमाडौँ, २० असार । रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू मंगलबार राति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ।
रुस विश्वकपको अन्तिम ८ सम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्र्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रहृयो।
प्रतियोगितामा कम चर्चित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना टिमलाई अघि बढाएका छन्। अघिल्लो विजेता जर्मनी समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग पराजित हुँदै घर र्फकन बाध्य भयो भने उपविजेता अर्जेन्टिना प्रिक्वाटर फाइलनमा फ्रान्ससँग पराजित हुँदै घर फर्किएको छ।
स्पेन आयोजक रुससँग, पोर्र्चुगल उरुग्वेसँग र मेक्सिको ब्राजिलसँग पराजित हुँदै प्रिक्वाटर फाइलनबाट घर फर्किए। प्रतियोगितामा पाँच पटकको विजेता ब्राजिल र एक पटकको विजेता फ्रान्सको प्रदर्शन भने उत्कृष्ट रहँदै आएको छ।
प्रतियोगितामा उत्कृष्ट मानिएका अर्जेन्टिनाका लियोनल मेस्सी, इजिप्टका मोहमद सलाह, कोलम्बियाका जेम्स रोडि्रगेज, जर्मनीका थोमम मुलर, स्पेनका माको एसेन्सियो र आन्द्रे इनिस्टाजस्ता खेलाडीको प्रदर्शन निराशाजनक देखियो।
प्रतियोगितामा स्विडेनका भिक्टर लिन्डेलोफ, रुसका गोलकिपर इगोर अकिनफेभ, रुसकै राइटब्याक मारियो फर्नान्डेज, उरुग्वेका डियगो लाक्साल्ट, फ्रान्सका पाउल पोग्बा, जापानका ताकासी इनुइ, फ्रान्सका कलियन एमबाप्पे, उरुग्वेका एडिन्सन काभानी, ब्राजिलका नेयमार जुनियरको प्रदर्शन सबैका लागि आकर्षक रह्यो।
शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुँदैछन्। पहिलो खेलमा शुक्रबार साँझ ७:४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ, त्यही दिन राति ११:४५ बजे पाँच पटकको विजेता रहेका ब्राजिलले बेल्जियमसँग खेल्नेछ।
शनिबार साँझ ७:४५ बजे स्वीडेन र इङ्ल्याण्डबीच प्रतिपर्धा हुनेछ। क्वाटर फाइनलको अन्तिम खेलमा आयोजक रसियाले क्रोएसियाको सामना गर्नेछ। क्वाटर फाइनल पुग्ने ८ टोलीमध्ये ४ वटा विश्वविजेता बनिसकेका टोली हुन् भने ४ वटाले प्रतियोगिताको उपाधि जित्न सकेका छैनन्। ब्राजिल, उरुग्वे, फ्रान्स र इङ्ल्याण्ड विजेता हुन्।
प्रतियोगितामा नव प्रवेशी पानामा र आइसल्याण्डले खासै प्रदर्शन गर्न सकेनन्। आइसल्याण्डले पहिलो खेलमा दुर्इ पटकको विश्व विजेता अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भए पनि पछिल्ला दुर्इ खेल क्रमशः नाइजेरिया र क्रोएसियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। पानामाले बेल्जियम, इङ्ल्याण्ड र टयुनिसियासँग पराजित हुँदै घर फर्कियो। क्वार्टरफाइलनमा ६ राष्ट्र युरोपबाट तथा दक्षिण अमेरिकाबाट दुर्इ राष्ट्र छनोट हुन सफल भएका छन्। युरोपबाट आयोजक रुस, बेल्जियम, फ्रान्स, क्रोएसिया, इंग्लयाण्ड र स्वीडेन छन् भने दक्षिण अमेरिकाबाट ब्राजिल र उरुग्वे रहेका छन्। रुस पहिलोपटक अन्तिम ८ मा प्रवेश गरेको हो।
चर्चा ‘गोल्डेन बुट’को
विश्वकपको उपाधि कसले जित्ने भन्ने चासो जति छ, गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता देखिन्छ। गोल्डेन बुटको दौडमा यसपटक इंग्ल्याण्डका कप्तान हृयारी केन अगाडि देखिएका छन्। जारी विश्वकपमा उनले ६ गोल गरिसकेका छन्। ६ गोल गरेका केनले ३ गोल भने पेनाल्टीमार्फत गरेका हुन्। गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पच्छयाइरहेका छन्। उनको गोल संख्या ४ छ। समूह चरणको पहिलो खेलमा स्पनेविरुद्ध हृयाटि्रक गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि ४ गोल नै गरेका छन्। पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले ‘गोल्डेन बुट’मा उनको कुनै चुनौती छैन। त्यस्तै ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइडमा तितुङको दोहोरो ह्याटिक
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९