लमजुङ, २० असार । लमजुङमा विद्यालय भर्ना अभियानमा चुनौती देखिएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले आयोजना गरेको विद्यार्थी भर्ना विशेष अभियान- २०७५ को दोस्रो चरणको अन्तक्रिर्यामा जिल्लाका ३ दशमलब २ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको पाइएको बताइएको हो ।
जिल्लाका १ देखि १२ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालय बाहिर रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख नारायण रेग्मीले बताए।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अशिक्षा, बेरोजगारी, गरीबी, विपन्नता तथा घर नजिक विद्यालय नभएका कारण पनि बालबालिकाहरू विद्यालय भर्ना नभएको हुन सक्ने बताए। देशभर विद्यालय उमेर समूहका प्राथमिक तह (५-९ वर्ष उमेर समूह) का २.८ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको सरकारको तथ्यांक छ।
सरकारले अभियान स्वरुप देशभर विद्यार्थी भर्ना कार्यक्रमलाई निरन्तरता दिए पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति कृष्णप्रसाद कोइरालाले बताए। उनले भने, ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसक्नुमा समयनुकूल पाठ्यक्रम परिमार्जन नहुनु पनि हो।’
दोर्र्दी गाउँपालिकाका प्रमुख ओमबहादुर गुरुङले सामुदायिक विद्यालयप्रति अभिभावकको चासो कम हुनु र विद्यालय र अभिभावकबीच समन्वयको कमीका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको बताए। अपा· महासंघका केन्द्रीय सदस्य चन्द्रकान्त पौडेलले अपा· बालबालिका बढी मात्रामा विद्यालय बाहिर रहेको बताए ।
इकाइ प्रमुख नारायण रेग्मीले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना अभियान सञ्चालन गरी विद्यालय भर्ना नभएका बालबालिकालाई विद्यालयभित्र ल्याउन उक्त कार्यक्रम सञ्चालन गरिएको बताए। उनले त्यो संख्या विद्यालय नै नजाने भन्दा पनि माथिल्लो कक्षामा गएर छाड्नेको हो भने। उनले भने, ‘यस वर्ष कति विद्यार्थी विद्यालयबाहिर छन् भन्ने सर्वेक्षण हुन बाँकी रहेको छ।’
विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलनका लागि साउन १९ गतेसम्म फारम भर्न पालिका, स्रोतकेन्द्र र प्रधानाध्यपक फारम बुझी घरदैलोमा पुग्ने, साउन २५ सम्म संकलित फारम फिर्ता गर्नुपर्ने, साउन महिनाभित्र विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरिने, भदौ १५ सम्म विद्यालय बाहिर रहेका बालबालिकाको भर्ना गराई शिक्षा इकाइ र पालिकाले अभिलेख राख्ने कार्यक्रम रहेको उनले बताए । उनका अनुसार साउन ३१ गते अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता पालिकाले घोषणा गर्ने कार्यक्रम रहेको छ।
बालबालिका विद्यालयबाहिर रहनुको कारणमा आर्थिक अवस्था कमजोर रहेको देखिएको छ। विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ लमजुङसहित लमजुङका ४ नगरपालिका र ४ गाउँपालिकाले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका थिए।
२०६१ देखि शुरु भएको विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि यस वर्ष केन्द्र, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रूपमा काम शुरु गरेका छन्। बैशाख २ गतेदेखि शुरु अभियानअन्तर्गत विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने सरकारको लक्ष्य छ ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९