पोखरा, २० असार। युनाइटेड क्लबले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत कालिका पब्लिक कलेज रामबजारमा छात्रवृत्ति वितरण गरेको छ।
क्लबले आफ्नो शैक्षिक कार्यक्रमअन्तर्गत कालिका पब्लिक कलेजमा अध्ययनरत २ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरेको हो।
क्लबले कालिका पब्लिक कलेज मानविकी संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुरेन्द्र शाही र ब्यवस्थापन संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत अन्जु गिरीलाई छात्रवृत्ति स्वरुप जनही १५ हजार प्रदान गरिएको छ।
कलेज व्यवस्थापन समिति अध्यक्ष जनकराज बोहोराले युनाइटेड क्लबले नाम अनुसारको उद्देश्य लिएर काम गरेको र सोही अनुसार कालिका माविमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर आफ्नो विद्यार्थीमाथि ठूलो गुन लगाएको बताए।
क्लबले ५ वर्षअघि कालिका माविमा अध्ययनरत विद्यार्थीका लागी छुट्टै छात्रबृत्ति कोष स्थापना गरेको भए तापनि यो वर्ष कलेजस्तरा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकोमा अध्यक्ष बोहोराले खुशी ब्यक्त गरे।
क्लब संस्थापक अध्यक्ष हिमालय बख्रेलले क्लबले हाल आएर छात्रवृत्ति कोष बाहेक पनि विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न पाउँदा आफूहरु निकै हषिर्त भएको बताए।
८ वर्षको अन्तरालमा क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागी पोखराको लेखनाथ पचभैया क्षेत्रमा चिडियाखाना निर्माणको काम थालनी गर्न पाउँदा निकै खुशी लागेको बताए।
कार्यक्रममा क्लब प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक लालाकजी गुरुङले कास्कीसहित छिमेकी जिल्लाहरुमा गरी विभिन्न ८ वटा सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गरेको जानकारी दिउ ।कालिका पब्लिक कलेजसँगै अन्य विद्यालयहरुमा अध्ययन गर्ने ६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको उनले जनाए ।
क्लब महासचिव राजु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा क्लबका आजीवन सदस्य तथा शिक्षा उपसमिति सदस्य शिद्धिकुमार श्रेष्ठले स्वागत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९