पोखरा, १८ असार। ‘पोखरा’ लाई प्रदेश ४ को स्थायी राजधानी तोकिएको छ। प्रदेशसभाका सांसदले सर्वसहमतिबाट पोखरालाई राजधानी तोकेका हुन्।
दुर्इदिनसम्म लगातार छलफल र बहस गरेपछि पोखरा स्थायी रुपमा सर्वस्वीकार्य राजधानी बनेको छ। सोमबारको बैठकमा उपस्थित ५२ सांसदले नै पोखरालाई समर्थन गरी पक्षमा भोट हाले। यसअघि पनि सरकारले प्रादेशिक कामकाजको अस्थायी कार्यसञ्चालन केन्द्रका रुपमा पोखरालाई नै तोकेको थियो। प्रदेश ४ को राजधानी पोखरा अन्य प्रदेशको तुलनामा निर्विवाद देखिएको थियो। प्रदेश ४ स्थायी राजधानी तोक्ने दोस्रो प्रदेश भएको छ। यसअघि कर्णालीले प्रदेशको नाम र राजधानी तोकिसकेको छ।
प्रदेश ४ ले नामचाहीँ अझै टुंगाएको छैन। राजधानीबारे आइतबार र सोमबार ३८ सांसदले छलफल गरे। सबै सदस्यले नै राजधानी पोखरा हुनुपर्ने पक्षमा धारणा राखेका थिए। प्रदेशको राजधानी र नाम सिफारिस गर्न गठित समितिले पनि पोखरालाई अधिक सहमतिको रुपमा प्रस्ताव गरेको थियो। गएको चैत १२ गते गठित समितिका संयोजक विन्दुकुमार थापाले जेठ २१ गते प्रतिवेदन बुझाएका थिए। त्यसपछि असार १७ गते प्रस्ताव राख्दै छलफल शुरु भएको हो।
समितिको प्रतिवेदनमा पोखरालाई राजधानी तोक्ने पक्षमा झण्डै ९४ प्रतिशतको समर्थन थियो। सोमबारको बैठकमा एमाले सांसद कृष्णबहादुर थापाले पोखरालाई राजधानी तोक्न प्रस्ताव सदनमा पेश गरे। त्यसपछि काँग्रेसका सांसद मणिभद्र शर्मा कँडेलले प्रस्तावमाथि समर्थन जनाए। बैठकमा सभामुख नेत्रनाथ अधिकारी सहित नेकपाका किरण गुरुङ, जनकलाल श्रेष्ठ, विनोद केसी, जुनादेवी नेपाली र काँग्रेसका मेखलाल श्रेष्ठ उपस्थित थिएनन्। संविधानको धारा २८८ को २ मा प्रदेश सभामा तत्काल कायम रहेका सदस्यको दुर्इतिहाइ बहुमतले राजधानी तोक्न पाउने व्यवस्था गरिएको छ।
सोमबारको छलफलमा सहभागी अधिकांश सांसदको चिन्ता पोखराको भविष्यप्रति देखिएको थियो। काँग्रेस सांसद ओमकला गौतमले पोखरालाई सुन्दर भन्दै गर्दा कुरुप राजधानी बनाउनेतर्फ सचेत गराइन्। उनले ग्रेटर पोखराको अवधारणाबाट संरचना अन्य क्षेत्रमा विस्तार गर्दै पोखराको पहिचान र सुन्दरता जोगाइराख्न विशेष कार्ययोजना तयार गर्नुपर्ने बताइन्। ‘पहिले काठमाडौं निकै सुन्दर थियो। तर केन्द्रिकृत मानसिकताले अहिलेको कुरुप काठमाडौं बन्यो,’ उनले भनिन्, ‘पोखराले यो मानसिकता त्याग्नुपर्छ र विकासलाई विकेन्द्रिकरण गर्नुपर्छ।’
सांसद चन्द्रबहादुर बुढाले पोखरालाई राजधानी बनाउँदा राजधानीको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्ने बताए। ‘पोखरालाई राजधानी बनाउँदा विवाद छैन। जसरी सर्वसहमतिले राजधानी तोकिएको छ, उसैगरी यसले विकासको बाँडफाँट गर्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘अरु जिल्लाले कर्णाली महसुस गर्न नपरोस्। सरकारको ध्यान आकर्षण गराउन चाहान्छु।’
पर्यटन मन्त्री समेत रहेका सांसद विकास लम्सालले सेती र याम्दीको घेरोलाई मात्रै पोखरा मान्न नहुने धारणा राखे। ‘सदन बौद्धिक छलफल गर्ने थलो हो। विज्ञसँग कुरा गरौं र यहाँ आएर धारणा राखौं,’ उनले भने, ‘यसको इतिहास पनि खोज्नुपर्छ। यसलाई गफ गर्ने अखडामात्रै नबनाऔं।’ पोखरालाई विरोध नआए पनि यसको सुन्दरता बचाउने पक्षमा सबै सजग रहनुपर्ने उनको धारणा छ। ‘स्र्वर्गको अनुभूति गर्ने पोखरा हाम्रो सर्मर्थनले ध्वस्त नहोस्। यहाँको धरातल र भूगोल हेरेर संरचना बनाऔं,’ उनले भने, ‘पोखरालाई अब कुश्मा, फलेवासदेखि शुक्लागण्डकी र मध्येविन्दुसम्म तन्काउनुपर्छ। नत्र पोखराको धरातल ध्वस्त होला।’ सोमबार २१ जना सांसदले आफ्ना विचार राखेका थिए।
रहरलाग्दो संसद्
सदनमा पहिलो पटक रहरलाग्दो दृष्य देखियो। सधैँ सत्तापक्ष र प्रतिपक्षको फरक मत हुने प्रदेश सदनमा सोमबारको बैठकमा एउटै मत रहृयो। प्रदेशको राजधानी तोक्नका लागि अन्तिम निर्ण्र्ाा गर्ने क्रममा उपसभामुख सिर्जना शर्माले मत विभाजन गरेपछि सत्तापक्षकै पंक्तिमा प्रतिपक्षी सांसद पनि उभिए। यो प्रदेशको सदनमा पहिलो र रहरलाग्दो दृष्य हो। सदनमा छलफल गर्ने कुनै पनि सांसदले पोखराप्रति विमति राखेनन्। मुक्तकण्ठले पोखराको वयान गर्दै सर्वस्वीकार्य राजधानी पोखरा बनेको उनीहरको धारणा थियो।
संघीयताको विरोध, राजधानीमा समर्थन
अधिकांश बैठकमा फरक मत राख्ने राष्ट्रिय जनमोर्चाले पनि राजधानी तोक्ने विषयमा कुनै फरक मत देखाएन। जनमोर्चाले प्रदेशको पहिलो बैठकमै संघीयताको विरोध गर्दै यसलाई बेलैमा छोड्न सुझाएको थियो। यद्यपि राजधानी तोक्ने बेला कुनै विरोध नगरी चुपचाप पोखराको समर्थन गरे। जनमोर्चाका कृष्ण थापा र पियारी थापाले आफ्ना धारणा राखेका थिए। उनीहरुले पोखरा भौगोलिक र व्यापारिक, सांस्कृतिक रुपमा पनि उपयुक्त रहेको भन्दै राजधानी पोखरा राख्दा विमति नहुने उल्लेख गरे।
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१