पोखरा, १८ असार।सिर्जना आवासीय मावि पोखराले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
ब्रिटिस काउन्सिलले कनेक्टिङ क्लास रुम परियोजना अन्तर्गत सन् २०१७/१८ मा नेपालका १९ वटा विद्यालयलाई उक्त अवार्ड प्रदान गरेको हो। उक्त अवार्ड पाउनेमा कास्कीका दुर्इ विद्यालयमा निजीतर्फ सिर्जना मावि र सामुदायिकतर्फ अम्बिका मावि रहेका छन्।
अन्तर्राष्ट्रियस्तरको सिकाइबाट अवलम्बन गरी विद्यार्थी र शिक्षकलाई आधुनिक शिक्षण सिकाइ प्रक्रियामासामेल गराई त्यसका माध्यमबाट सीप विकासमा महत्वपूर्ण भूमिका खेलेका विद्यालयलाई उक्त अवार्ड प्रदान गरिन्छ।
विद्यालयका प्राचार्य डोलराज पाण्डेको संरक्षकत्व र शिक्षक सन्दिप सैनीको संयोजकत्वमा १४ वटा विभिन्न परियोजना सम्पन्न गरी सिर्जना माविले उक्त अवार्ड प्राप्त गरेको हो।
अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको खुसीयालीमा विद्यालयले सोमवार पत्रकार भेटघाट कार्यक्रम राखी जानकारी गराउनुका साथै परियोजनाका संयोजक तथा शिक्षक शिक्षिकालाई सम्मान गरेको थियो।
त्यस अवसरमा प्राचार्य पाण्डेले विद्यालयले नयाँ पठनपाठन विधिलाई प्रभावकारी रुपमा अगाडि बढाउँदै जाने बताए।
शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विद्यार्थीमा पढाइको शैली बनाउन र विद्यालयलाई हरेक वर्ष अब्बल बनाउने प्रयास हुनुपर्नेमा जोड दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक विष्णुप्रसाद सुवेदीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९