पोखरा, ९ असार । पोखराको मदरल्याण्ड मावि र फिस्टेल एकेडेमीका गरी ६ जना परीक्षार्थीले ४.० जिपिए प्राप्त गरेका छन् । हालसम्म प्राप्त जानकारी अनुसार मासबारस्थित मदरल्याण्ड माविबाट ५ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका हुन् । जसमा पोखरा-१७ की वर्षा बराल, पोखरा-५ की झरना पौडेल, पोखरा-७ की कृति बराल, पोखरा-५ का प्रयास पौडेल र सर्लाही जिल्लाका रञ्जनकुमार यादवले ४.० जिपिए प्राप्त गरेको विद्यालयका संस्थापक एवं प्लस टु इञ्चार्ज नारायणप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार परीक्षामा १ सय ५० जना विद्यार्थी सम्मिलित थिए । साथै १० जनाले ३.९५ जिपिए सहित १०७ जनाले ए प्लस, ३५ जनाले ए र ८ जनाले बी प्लस जिपिए प्राप्त गरेका छन् ।
त्यस्तै, ड्यामसाइडस्थित फिस्टेल एकेडेमीबाट एसर्इइ दिएका सुशान्त रानाभाटले ४.० जिपिए प्राप्त गरेका हुन् । सिम्बोल नम्बर ०४१४३६३ ‘ए’ का रानाभाट पोखरा-१३, काहुँखोलाका हुन्। कक्षा नर्सरीदेखि नै फिस्टेलमा अध्ययन गरेका सुशान्त कक्षामै पनि उत्कृष्ट हुँदैआएको विद्यालयका संस्थापक प्रिन्सिपल चिनु रानाभाटले जनाए । उनले सो नतिजाले विद्यालय परिवार नै हषिर्त भएको बताए । फिस्टेलबाट यस वर्षको एसर्इइमा ७३ जना विद्यार्थी सम्मिलित थिए । तीमध्ये ४२ जना ए प्लस, ३१ जनाले ए ग्रेड प्राप्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
खुडेपोखरी क्षेत्रको डुवान नियन्त्रण गरिने
एसओएस स्कुलमा वृक्षरोपण
तीज गीत र महिला खेलकुद प्रतियोगिता हुने
कृष्ण प्रणामी मन्दिरमा कथावाचन
सामुदायिकको स्वास्थ्य शिविर
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९