पोखरा-१ मा प्रस्तावना लेखन तालिम

आदर्श समाज सम्वाददाता
असार १०, २०७५
prasbana

पोखरा, ९ असार । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा बगर र महिला उद्यमी संघ कास्कीको संयुक्त आयोजनामा शनिवार पोखरा १ मा प्रस्तावना लेखन तालिम सम्पन्न भएको छ । तालिममा ६५ जना महिला सहभागी थिए ।

तालिममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा बगर र महिला उद्यमी संघ कास्कीकी सल्लाहकार सीता गुरुङले सहजीकरण गरेकी थिइन् ।

तालिम उद्घाटन गर्दै प्रदेशसभा सदस्य प्रभा कोइरालाले महिला सशक्तिकरणका लागि यस्ता तालिम आवश्यक भएको बताइन् ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा बगर र महिला उद्यमी संघ कास्कीकी सल्लाहकार सीता गुरुङले दीघकालीन सोच र प्रतिफलतर्फ ध्यान नदिई कतिपय तालिम गरिदाँ लगानी खेरा गइरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा वडाध्यक्ष शारदा पराजुली र उद्यमी संघ कास्की अध्यक्ष काशी गुरुङले बोलेकी थिइन् ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा बगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दुर्गा थापाले स्वागत र सचिव रामभूषण पराजुलीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • होटल संघ गण्डकीमा हरि शर्मा

    आदर्श समाज सम्वाददाता जेठ १०, २०७९
    पोखरा । होटल संघ नेपाल (हान) गण्डकी गठन गरिएको छ । संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध…
  • कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग

    आदर्श समाज सम्वाददाता जेठ ९, २०७९
    पोखरा । संसदीय चुनाव २०५४ का क्रममा साविक कालिका गाविसमा अमानवीय तरिकाले हत्या गरिएका कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग…
  • सोंपाल समाजको ९ लाख सहयोग

    आदर्श समाज सम्वाददाता जेठ ९, २०७९
    पोखरा । बेलायतमा च्यारिटी कमिसनमा रजिस्टर भएको संस्था साेंपाल समाज युकेले आँधीखोला गाउँपालिका १ बेझाङको आधारभूत विद्यालयलाई सहयोग गरेको छ…
  • चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता जेठ ८, २०७९
    पोखरा । चलचित्र पत्रकार संघको २३ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस–२०७९ अवसरमा चलचित्र पत्रकार संघ कास्कीले शनिबार शुभकामना…
  • ५ रुपैयाँ प्रति किलो काक्रो

    आदर्श समाज सम्वाददाता जेठ ८, २०७९
    हेमजा । हेमजाको सुइँखेतमा यतिबेला काँक्रोको उत्पादन अत्यधिक छ । तर काँक्रोले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् ।…

hero news full width