हेमजा, ९ असार। पोखरा-२५, हेमजामा टेकबहादुर विश्वकर्माको अध्यक्षतामा वडास्तरीय दलित सञ्जाल पुनर्गठन गरिएको छ।
जसको उपाध्यक्षमा शिव नेपाली, सचिवमा सुनिल गायक, कोषाध्यक्षमा मञ्जु नेपाली, सहसचिवमा ध्रु्रव परियार तथा सदस्यमा दुर्गाकुमारी विक, कृष्णबहादुर नेपाली, डम्बरबहादुर सार्की र रीता गायक रहेका छन। रिक्त २ सदस्य पछि थप हुनेछन्।
नवगठित समितिलाई बधाई ज्ञापन गर्दै प्रमुख अतिथि वडाध्यक्ष शोभाकर तिम्सिनाले पहिलेका सञ्जालभन्दा यस सञ्जालले वडामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सञ्जालका गतिविधिमा वडाले सक्दो सहयोग गर्ने वचनबद्घता व्यक्त गरे।
सो अवसरमा वडा १ की सदस्य प्रेमदेवी परियार, २५ की सदस्य तारा विक, दलित अधिकारकर्मी कृष्ण नेपाली, निवर्तमान अध्यक्ष झपटबहादुर परियार लगायतले नवगठित समितिलाई बधाई दिएका थिए।
नवनिर्वाचित अध्यक्ष टेकबहादुर विकले सबैको सल्लाह र सहयोग अनुसार सञ्जाललाई अगाडि बढाउने प्रतिबद्घता व्यक्त गरे।
सञ्जाल अध्यक्ष परियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम वडा सचिव इश्वरीप्रसाद बास्तोला र सञ्जालका सचिव सुनिल गायकले संयुक्त रुपमा सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
निर्वाचनका लागि ४० दल दर्ता
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
hero news full width
मुख्य समाचार
कोरोनापछि गाईजात्रा रौनक
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९