चीन, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच बुधबार भएको भेटवार्ताले दुर्इ देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याएको छ ।
चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा बुधबार सम्पन्न दुर्इ नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको यो भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण खुड्किलो सावित भएको बताए । मन्त्री ज्ञवालीले भने, “यो भ्रमणको मुख्य उद्देश्य मित्रतालाई सुदृढ गर्ने थियो । दुर्इ देशबीचको सहयोगका क्षेत्र पहिल्याउने विषयमा पनि विचारविमर्श भयो । चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सन् २०१६ को चीन भ्रमणका बेला भएका समझदारीको सुखद स्मरण गर्दै नेपालले यसबीचमा प्राप्त गरेको उपलब्धि र सक्षम नेतृत्वका लागि बधाई दिनुभएको थियोे ।”
संविधानको कार्यान्वयन हुनु र तीन तहको निर्वाचन सम्पन्न भई मुलुक राजनीतिक स्थायित्वमा जानु चीनको निम्ति पनि सुखद भएको र यो नेपालको विकासका निम्ति अनिवार्य पूर्वाधार भएको विचार राष्ट्रपति सीले व्यक्त गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
मन्त्री ज्ञवालीका अनुसार राष्ट्रपति सीले नेपालको समृद्धिका लागि प्रधानमन्त्री ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई पूरा गर्न चीन सदैव सहयोगी रहने वचनबद्धता व्यक्त गरे ।नेपालको स्वतन्त्र छनोटको अधिकारलाई चीनले सदैव समर्थन गर्ने प्रतिवद्धता राष्ट्रपति सीले व्यक्त गर्नुका साथै नेपालको विकासमा हरतरहले सहयोग गर्ने विश्वास दिलाएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।
बेल्ट एण्ड रोड इनिसियटिभ र ट्रान्सहिमालयन कनेक्टिभिटीको परिधिभित्र रहेर नेपालले पूर्वाधार विकास गर्न चाहेको र त्यसमा चीन सहयोग गर्न तत्पर रहेको चिनिया राष्ट्रपतिलाई उद्धृत गर्दै मन्त्री ज्ञवालीले बताए ।
म अवश्य नेपाल आउँछु : राष्ट्रपति सी
भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गर्न दिनुभएको निम्तोको प्रत्युत्तरमा चिनिया राष्ट्रपति सीले ‘म अवश्य नेपाल आउँछु भनेको जानकारी मन्त्री ज्ञवालीले दिए । प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिँदै नेपाली जनता राष्ट्रपति सीलाई स्वागत गर्न चाहन्छन् भनेका थिए ।
“नेपाल भ्रमणका लागि यो उपयुक्त अवसर हो,” चिनिया राष्ट्रपतिलाई उद्धृत गर्दै मन्त्री ज्ञवालीले भने । आपसी कूटनीतिक माध्यमबाट दुवै पक्षलाई अनुकूल हुने मिति तय गरेर चिनिया नेताको नेपालको भ्रमणको तयारी अगाडि बढाउने मन्त्री ज्ञवालीले जानकारी दिए ।
रसुवागढी-केरुङ प्रसारणमा सम्झौता
नेपाल र चीनबीच ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र स्टेट ग्रीड कपोर्रेशन अफ चाइनाबीच सो प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल र चीनबीच सीमापार विद्युत् आदानप्रदानका लागि सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । रसुवागढी-केरुङ नाकामा दुवैतर्फ यसअघि नै प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ । धादिङको गल्छीदेखि केरुङसम्म प्रसारण लाइन स्थापनामा पूर्वअध्ययन गरिसकिएको र हाल अन्तिम सवेक्षणको काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका रातमाटे-गल्छी-रसुवागढी-केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन प्रमुख कोमलनाथ आत्रेयले बताए ।
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९