पोखरा, ६ असार । पोखरा लेखनाथ महानगरपालिकाका विद्युतीय तार अन्डरग्राउण्ड गरिने भएको छ । वडा ४ ले आफ्नो वडाभित्र रहेका तार अण्डरग्राउण्ड गर्ने योजना अघि सारेको हो । वडा तहका योजना छनौट गर्ने क्रममा विद्युतीय तार अन्डरग्राउण्ड गर्ने योजना प्रश्ताव गरिएको वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।
‘जथाभावी तार टाँग्दा शहर नै कुरुप भैसक्यो । यसलाई व्यवस्थापन गर्ने तयारी हाम्रो वडाले गरेको छ,’ उनले भने, ‘आगामी वर्षका लागि काम गर्न तीन करोड माग गरेका छौं । बजेट आउने वित्तिकै अण्डरग्राउण्डको काम शुरु हुन्छ ।’ पहिलो चरणमा ३ किलोमिटर क्षेत्रभित्रका तारलाई अण्डरग्राउण्ड गर्ने र त्यसपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने बास्तोलाले बताए ।
योजना छनौट भैसकेकोले प्राथमिकताका साथ महानगरबाट कार्यान्वयन हुने गरी अण्डरग्राउण्ड गर्ने बजेट माग गरिएको उनको भनाइ छ । तार व्यवस्थित गर्नका लागि यसअघि नै वडा कार्यालयले सम्बन्धित निकायसँग बैठक बसेर निर्णय पनि गरिसकेको छ । पोखरामा विद्युतीय तारकै कारण पटक-पटक मान्छेको ज्यान समेत जाने गरेको छ । पोखरालाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार विद्युतीय तार अण्डरग्राउण्ड पहिलो कार्यक्रम हुने वडाध्यक्ष बास्तोला बताउँछन् । ‘गफ गरेर स्मार्ट सिटी बन्दैन । त्यसका लागि काम गर्नुपर्छ,’ उनले भने, ‘त्यसको शुरुवात वडा ४ ले गर्छ । तार लुकाएर स्मार्ट सिटी अभियानको थालनी हुन्छ ।’
विद्युतीय तार अण्डरग्राउण्ड गर्ने विषय धेरै पटक चर्चामा आए पनि अहिलेसम्म कसैले योजना बनाउन सकेका थिएनन् । वडा ४ ले पहिलो पटक महानगरसँग तारलाई भूमिगत गर्नका लागि बजेट माग गरेको हो । प्रतिकिलोमिटर तार भूमिगत गर्न करिब १ करोड हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको वडाध्यक्ष बास्तोलाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
दुर्गा मन्दिरमा अक्षरयात्रा
आलु महोत्सव लक्षित सरसफाइ
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति
लापरवाहीले बढ्यो सडक दुर्घटना
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९