A woman holds a Portuguese flag prior to the group B match between Portugal and Morocco at the 2018 soccer World Cup in the Luzhniki Stadium in Moscow, Russia, Wednesday, June 20, 2018. (AP Photo/Hassan Ammar)
पोखरा, ६ असार । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘बि’ मा रहेको पोर्चुगलले मोरक्कोमाथि १-० को गोलअन्तर कायम गरेको छ ।
पोर्चुगिज टोलीको जितमा चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो नायक बने । स्पेनविरुद्धको पहिलो खेलमा हृयाटि्रक गरेका रोनाल्डोले मोरक्कोबीचको प्रतिष्पर्धामा खेलको ४ मिनेटमै गोल गरेका हुन् ।
रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका रोनाल्डो दोस्रो खेलमा १ गोलमा सीमित भए ।
शुरुमै गोल खाएको मोरक्कोले आफूमाथि परेको दबाबलाई अन्तिमसम्म पनि थेग्दै न त आफूले गोल गर्न सक्यो न त पोर्चुगललाई नै गोल गर्ने मौका दियो ।
निकै कडा प्रतिस्पर्धा देखिएको खेलमा दुवै तर्फबाट गोलको सम्भावनाको नजिक पुग्ने प्रयास पटक-पटक भएका थिए ।
पोर्चुगलसँगको हारसँगै अघिल्लो चरणमा जाने मोरक्कोको सम्भावना लगभग सकिएको छ भने अघिल्लो चरणमा जाने सम्भावना पोर्चुगलले बलियो बनाएको छ ।
उता, समूह ‘ए’ अन्तर्गत साउदी अरेबियालाई १-० ले हराउँदै उरुग्वे प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । उरुग्वेले दोश्रो चरणको खेलमा पनि जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको हो । उरुग्वेको जीतसँगै समूह ‘ए’ बाट आयोजक रुसको पनि अघिल्लो चरण पक्का भएको छ ।
बुधबारको जितका लागि खेलको २३ औं मिनेटमा लुइस सुवारेजले गोल गरे ।
समूह बिजेताका लागि अब उसले रुससँग खेल्ने छ । उरुग्वेले अहिलेसम्म साउदीलाई हराउन सकेको थिएन । साउदी पहिलो खेलमा आयोजक रुससँग ५-० ले पराजित भएको थियो । उरुग्वेले पहिलो खेलमा इजिप्टलाई १-० ले पराजित गरेको थियो । दुर्इ पटकको पूर्व विजेता उरुग्वे अघिल्लो संस्करणमा प्रिक्वाटरफाइनलबाट बाहिरिएको थियो।पहिलो खेलमा घरेलु टोली रसियासँग फराकिलो अन्तरले पराजित भएको साउदी दोस्रो हारसँगै समूह चरणबाट बाहिरिन पुग्यो। सोही समूहको इजिप्ट पनि अघिल्लो चरण पुग्नबाट वञ्चित बन्यो ।
उता, समूह ‘बी’ रहेका इरान र स्पेनबीच राति खेल भएको छ ।
Related News
सम्बन्धित समाचार
क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता
गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
सहारा एकेडेमीलाई सहयोग
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९