पोखरा ६, असार। सगरमाथा टोल विकास संस्था पोखरा लेखनाथ वडा १४ ले महिला आदिवासी जनजाति उत्थान एवम् क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न गरेको छ। तीन दिनसम्म सञ्चालित उक्त तालिममा ५१ जना सहभागी थिए।
वडाध्यक्ष प्रेमबहादुर कार्कीले बुधबार प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सुझाव दिए ।
कार्यक्रममा वडासदस्य जितेन्द्रजंग थापा, प्रगतिटोल विकास संस्थाका अध्यक्ष डेलबहादुर गुरुङ, संस्थाका विज्ञ सल्लाहकार प्रहरी नायव निरीक्षक होसबहादुर रोका, शीतलमार्ग टोल विकास संस्थाका सचिव कविता कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए।
संस्थाका अध्यक्ष रुपबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा कोषाध्यक्ष पवित्रा पचभैयाले स्वागत र सचिव कृष्णप्रसाद बरालले सञ्चालन गरेका थिए।
कार्यक्रमका प्रमुख प्रशिक्षक पोखरा लेखनाथ महानगरपालिकाका वित्त अधिकृत सविता ढुंगानाले कार्यालय व्यवस्थापन, महिला मानवअधिकार सञ्जाल कास्कीका उपाध्यक्ष तारामाया थापाले गृह व्यवस्थापन र भाषणकला पाठशालाका प्रमुख प्रशिक्षक नरमाया रसाइली तथा तालिम संयोजक गंगा मरासिनी बराइलीले क्षमता विकास एवम् उद्घोषण विषयमा प्रशिक्षण दिएका थिए।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९