पोखरा, ६ असार । ३२ औं अन्तर्राष्ट्रिय एसओएस दिवस हप्ताव्यापी मनाउनेक्रममा एसओएस बालग्राम नेपालले तनहुँको दुलेगौँडा, जाम्पालिङस्थित लोडिक वृद्घाश्रममा उपहार वितरण तथा सरसफाइ कार्यक्रम गरेको छ ।
मंगलबार संस्थाका गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा बालग्रामका कर्मचारीहरु, आमाहरु, बाल क्लब, युवा क्लब पदाधिकारी तथा एसओएस हर्मन माइनर विद्यालय पोखराका स्कूल लिडरहरुको सहभागिता थियो।
सोक्रममा वृद्घाश्रमका शौचालयदेखि प्रत्येक कोठा तथा परिसर वरपर पनि सरसफाइ गरिएको थियो।
कार्यक्रममा पोखरा बाल क्लबका अध्यक्ष ढुन्डुप छिरिङले वृद्घ आमाबाबाको नङ काट्ने, कपाल काट्ने लगायत शारीरिक सरसफाइमा सहयोग गर्दै उनीसँग कुराकानी गर्न र उपहार दिन पाएकोमा ज्यादै खुसी लागेको बताए।
एसओएस बालग्राम पोखराका योजना निर्देशक लोब्सङ ग्याल्छेनले एसओएस बालग्रामका संस्थापक पिता डा हर्मन माइनरको जन्म दिन जुन २३ का दिन प्रत्येक वर्ष विश्वका १ सय ३४ मुलुकमा जन्मजयन्तीका रुपमा एसओएस दिवस मनाइने गरिन्छ ।
एसओएस बालग्राम पोखराले पनि सप्ताहव्यापी कार्यक्रम अनुसार बालबालिका र युवालाई सामाजिकीकरण प्रक्रियामा सहयोग पुगोस् भन्ने हेतुले सो कार्यक्रम गरेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९