पोखरा, ६ असार । दीगो पर्यटन सञ्चालन र यसको मुल्यांकनका लागि इन्टरनेट र वेबसाइटमा आधारित प्रमाणिकरण अभियानमा सहभागी हुन लण्डनमा मुख्य कार्यालय रहेको ट्राभलाइफ कम्पनीले आव्हान गरेको छ।
व्यवसायको दीगो पना र लागत न्यूनिकरणका लागि उक्त संस्थासँग सहकार्य गर्दै प्रमाणिकरण अभियानमा सहभागी हुन सकिने सो संस्थाका सदस्यता विभागका एक कार्यकारी लुकास टेलरले पोखरामा आयोजित कार्यक्रममा जानकारी दिए।
पचास देशका १ हजार ५ सय भन्दा बढी पर्यटकीय कम्पनीहरु यो प्रमाणिकरण प्रक्रियमा अगाबद्ध रहेको र २७ जुलाईसम्म सर्म्पर्क गरी उक्त प्रणालीमा आबद्ध भए ५० युरो छुट समेत उपलब्ध हुने अर्की कार्यकारी निकोल सउटरले जानकारी दिइन्। होटल, ट्राभल कम्पनी तथा अन्य पर्यटकीय संघसंस्था यो प्रणालीमा आबद्ध हुन सक्ने उनले बताइन्।
पश्चिमाञ्चल होटल संघ पोखराको सहकार्यमा ट्राभलाइफ डट ओआरजीले आयोजना गरेको कार्यक्रममा पोखराका होटलकर्मी तथा तिनमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो। दीगो पर्यटन अभियान र पर्यटकीय प्रतिस्ठानको सञ्चालन खर्च न्यूनिकरण निकै महत्वपूर्ण पाटो भएको विषयलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९