पोखरा, ४ असार । प्रदेश ४ सरकारले प्रस्तुत गरेको आव २०७५/७६ को राजश्व र व्ययको वाषिर्क अनुमानका सम्बन्धमा आइतबारदेखि शुरु छलफलमा सोमबार पनि सदस्यले धारणा राख्नेक्रम जारी रह्यो ।
प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले बजेटले गाउँ र नगरपालिकालाई जोड्नका लागि सडकमा प्राथमिकता दिएको बताउँदै आर्थिक वर्षको शुरुमै गाउँगाउँमा विकास निर्माणले गति लिएसँगै बजेटको प्रभावकारिता देखिने उल्लेख गरे । प्रदेशसभा सदस्य ललितकला गुरुङले ग्रामीण क्षेत्रमा रित्तिएको बस्तीलाई भरिभराउ नबनाएसम्म बाँझो जमिन उत्पादनमूलक बनाउन कठिन हुने बताए ।
धनमाया पोखरेल लामाले बजेटले सबै क्षेत्रलाई समेटेको भए पनि प्रदेश ४ को महत्वपूर्ण उद्योगका रूपमा रहेको गोरखकाली रबर उद्योग सञ्चालनबारे ध्यान नपुगेको धारणा राखिन् ।सोमबारको छलफलमा सत्ता पक्ष र विपक्षका गरी कूल २८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए । छलफलमा सांसद गायत्री गुरुङ, चन्द्रमोहन गौचन, ओमकला गौतम, महेन्द्रबहादुर थकाली, दीपक कोइराला, इन्द्रलाल सापकोटा, सरिता गुरुङ, सावित्रा राना, विन्दुकुमार थापा, जनकलाल श्रेष्ठ, भागवत्प्रकाश मल्ल, लक्ष्मी सुनार, कोपिला बोहोरा, मीनप्रसाद गुरुङ, चिन्तबहादुर घले, मोहनप्रसाद रेग्मी, कृष्णबहादुर थापा, प्रभा कोइराला, मीत्रकुमारी गुरुङ सुवेदी, रामबहादुर गुरुङ, धनञ्जय दवाडी लगायतले भाग लिएका थिए ।
प्रदेशसभाको अको बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। मंगलबार बाँकी सांसदले आवश्यक सुझाव दिने र आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सांसदले उठाएका प्रश्नको जवाफ दिने र सोही दिन बजेट पास गर्ने कार्यसूची छ ।
प्रदेश सरकारले गत शुक्रबार आगामी आगामी आर्थिक वर्षको लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट पेश गरेको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको सो बजेटले पर्यटन, कृषि, उर्जा, सडक, खानेपानी लगायत क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
प्याराग्लाइडिङबाटै टुरिजमपाना विमोचन
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९