पोखरा, ४ असार । पोखरा लेखनाथ महानगरपालिका वडा १२, चापापानीस्थित चिउली पाचे तमु समाजको पहिलो तलामा निर्मित कार्यालय कक्ष र मञ्च उद्घाटन गरिएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेलका उपाध्यक्ष एवं राप्रपा सहमहामन्त्री चन्द्रबहादुर गुरुङले सो उद्घाटन गर्दै आफू पोखरामै हुर्की बढेको र यही पढेको हुँदा समाजलाई सहयोग गर्नु आफ्नो कर्त्तव्य भएको बताए ।
उनले आफ्नै जनजातिका समाजलाई यसरी सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आउने दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
भवन निर्माणमा कुल ८ लाख २६ हजार ९ सय ८३ रुपैयाँ लागेकोमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले ४ लाख उपलब्ध गराएको थियो भने बाँकी समाजको कोषबाट खर्च भएको समाजका अध्यक्ष रणबहादुर गुरुङले जानकारी दिए ।
समाजका सल्लाहकार क. कमालसिंह गुरुङले प्रमुख अतिथिको जीवनबारे प्रकाश पार्दै अझै आफ्नो सर्वमान्य स्थान जोगाउन शुभकामना दिए ।
कार्यक्रममा कोषाध्यक्ष सु. तिलप्रसाद गुरुङले भवन निर्माणमा भएको आम्दानी तथा खर्च विवरण पेस गरेका थिए ।
समाजका उपाध्यक्ष बलबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेपाली काँग्रेस इकाइ समिति अध्यक्ष सु. जंगप्रसाद गुरुङ, ध्रुवबहादुर गुरुङ, आमा समिति अध्यक्ष पदमशोभा गुरुङ लगायतले प्रतिष्ठान सबै जनजातिको भलो चाहने संस्था भएको बताए ।
समाजका अध्यक्ष रणबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका सचिव डम्बरबहादुर गुरुङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९