लेखनाथ, ४ असार। पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पानी मुहानदेखि चुहान -धारा) सम्म शुद्ध र खानयोग्य हुनुपर्नेमा जोड दिएका छन् ।
लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १७ औं वाषिर्क साधारण सभाको सोमबार उद्घाटन गर्दै प्रमुख जिसीले सो कुरा बताएका हुन् ।
उनले उपभोक्ताको घरसम्म शुद्धपानी पुर्याउने जिम्मा संस्थाको हो भने घरमा पुगेको शुद्धपानी कस्तो प्रकारले प्रयोग गरी निरोगी बन्नेबारे नगरबासी स्वयं सचेत भइसकेकाले नयाँ-नयाँ प्रविधि प्रयोग गरी गुणस्तरीय पानी वितरण गर्न संस्थालाई सुझाव दिए ।
बढ्दो सहरीकरण र बसाइँ सराइलाई ध्यानमा राख्दै अब बन्ने योजनालाई पनि निर्वाहमुखी बनाएर कति दिन चलाउनेतर्फ प्रत्रि्रश्न गर्दै प्रमुख जिसीले दीर्घकालीन योजना र प्रविधिमैत्री वातावरणबाट अगाडि बढेमात्र हामीहरुले परिकल्पना गरेको महानगरपालिका बन्न सक्ने बताए ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले संस्थाको गतिविधि र भावी योजनाका बारेमा जानकारी गराउँदै बढ्दो जनसंख्यालाई विद्यमान योजनाले धान्न नसक्ने भएकाले वैकल्पिक परियोजनाको खोजी गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता बखानसिह गुरुङ, शंकर पौडेल, कास्की काँग्रेसका सचिव सुदीपमोहन भट्टराई, संस्थाका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, निवर्तमान अध्यक्ष बोधराज लामिछाने, वडा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, वडा ३० का वडाध्यक्ष श्रीराम पोखरेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, क्षेत्रीय अनुगन तथा सुपरीवेक्षण कार्यालयका सिनियर डिभिजन किरण पौडेल, निर्मलपोखरी पुडी खानेपानी योजना अध्यक्ष केशर निदोर्सी र महिला तर्फपबाट बिमला पहारी लगायतले खानेपानी शद्धिकरणलाई मध्यनजर राख्दै सबै जना जिम्मेवार बन्नुपर्ने सुझाव दिए।
सोही अवसरमा संस्थाको स्थापना कालदेखि सहयोग पुर्याउँदैआएका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, विभिन्न क्षेत्रका असल कर्मचारी मकनबहादुर गुरुङ, कोपिला नेपाली, रनबहादुर गुरुङ, महेन्द्रप्रसाद तिवारी र असल उपभोक्ता रामजीप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सचिव मुराली शर्मा र धन्यवाद ज्ञापन उपाध्यक्ष हरिप्रसाद लामिछानेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
hero news full width
मुख्य समाचार
गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९