पोखरा, ४ असार । गण्डकी फाउन्डसन प्रालिले पोखरा २३, ठूलाखेतमा रहेको सिद्ध बराह तपोवन सन्यास आश्रम माझथुमलाई सहयोग गर्ने भएको छ।
मन्दिर मर्मतका लागि आवश्यक पर्ने रकम र संरक्षणमा सहयोग प्रालि सल्लाहकार राजेश गुरुङले बताए । उनले यसअघि खास्टेको मन्दिर संरक्षणमा पनि सहयोग गरेका थिए।
मन्दिरको चेन गेट लगाउने, फलामको ट्रस्ट बनाउने, बाटो मर्मत गर्ने, गुरुकुल आश्रममा अध्ययनरत बटुकको पठनपाठनमा आवश्यक सामग्री सहयोग प्रालिले गर्ने गुरुङले बताए।
मन्दिरको संरक्षण गरेर प्रचारप्रसार गर्न सके पर्यटकको संख्या बढ्न सक्ने सिद्ध बराह तपोवन सन्यास आश्रमका उपाध्यक्ष कलाधर भण्डारीले बताए।
वडाध्यक्ष विष्णु पराजुलीले मन्दिर संरक्षण गरी प्रचारप्रसार गर्नुपर्ने बताए। माझथुम नौबिसे टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद दाहालले मन्दिर धेरैको आस्थाको केन्द्र भएकाले संरक्षणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा स्थानीयबासी हरि भण्डारी, वडासदस्य भरत भण्डारी, आश्रमका कोषाध्यक्ष टंकप्रसाद पराजुली, आश्रमका शिक्षक निजानन्द पौडेल लगायतले मन्दिरको महोत्वबारे बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
प्याराग्लाइडिङबाटै टुरिजमपाना विमोचन
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९