पोखरा, ४ असार । सिर्द्धार्थ क्लब पोखरा २१ स्थित भविष्य निर्माण विद्यालयमा प्रजनन् स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्नुका साथै किशोरीलाई सेनेटरी प्याड वितरण गरेको छ ।
सिर्द्धार्थ क्लबका अध्यक्ष रवि मर्सारीले किशोरी प्रजनन् स्वास्थसम्बन्धी सचेत रहन अभिमुखीकरण कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले विद्यालय समयमा महिनावारीका कारण किशोरीमा हुने असहजताले पठनपाठननै अवरुद्ध हुने समस्या हल गर्न प्याड वितरण गरिएको बताए ।
उनले प्रजनन् स्वास्थ्य एक महत्वपूर्ण सवाल रहेको हुँदा किशोर अवस्थादेखि नै यसबारे ध्यान दिनुपर्ने बताए ।
विद्यालयका प्रअ राजेन्द्र सापकोटाले क्लबले विद्यालयमा विगतदेखि सहयोग गरिरहेको सन्दर्भ चर्चा गर्दै शिक्षा क्षेत्र सुधारमा कार्यक्रमले सहयोग गर्ने बताए ।
विद्यालयमा गठित सेफ्टी प्याड व्यवस्थापन समितिका सदस्य स्मृति थापाले विद्यालय समयमा किशोरीमा महिनावारी हुँदा विद्यालयबाट घर जाने स्थितिमा केही सुधार आएको बताइन् ।
कार्यक्रमका सहजकर्ता धनकुमारी कुवँरले किशोरीलाई दिइएको प्रजननसम्बनधी जानकारीले किशोरीको स्वास्थ हेरचाहमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आफ्नो स्वास्थप्रति सधैँ सजक रहन अनुरोध गरिन्।
चरक एकेडेमीका धनकुमारी कुँवर र अस्मिता बरालले प्रजनन् स्वास्थ्यसम्बन्धी सहजीकरण गरेका थिए । कार्यक्रम सञ्चालन सचिव विनोद श्रेष्ठ र उद्देश्यबारे प्रथम उपाध्यक्ष पार्वती माकाजूले प्रकाश पारेका थिए ।
सो अवसरमा विद्यालयमा १ सय ५० थान सेफ्टी प्याड वितरण गरिएको थियो।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९